धनगढी, २९ जेठ- सुदुरपश्चिम प्रदेशको पहिलो अत्याधुनिक सुबिधा सम्पन्न निसर्ग हस्पिटलले अस्पतालमा कार्यरत आफ्ना कर्मचारीको कोरोना विमा गरेको छ । अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनि मा विमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए ।
कोरोना भाइरसको विश्वव्यापी महामारीको जोखिम सबै तिर रहेका बेला कर्मचारीको विमा गरिएको उनले बताए। आज निसर्ग हस्पिटलका अध्यक्ष पन्त र एनएलजी इन्स्योरेन्स कम्पनिका शाखा प्रमुखबिजेश राज भण्डारी बिच सम्झौता गरिएको छ ।