डम्बर बम,
धनगढी, २९ जेठ-धनगढी उप–महानगरपालिका वडा नं १२ जुगेडाका युवाहरुले क्वारेन्टाइनमा रहेकाहरुलाई खाजा र पानी खुवाउदै आएका छन् । शुभइच्छा नबयुवा क्लब परीवारले जुगेडा स्थीत दुर्गा निम्न माध्यामिक विद्यालयमाको क्वारेन्टाईनमा रहेका ४५ जनालाई खाजा र पानीको व्यवस्था गरेको हो । “सेवा नै धर्म हो” भन्ने हेतुले क्वारेन्टाईनमा रहेकाहरुलाई मास्क, सेनिटाएजर, पिउने पानी (सर्बत ) र पखां बितरण गरिएको क्लबका अध्यक्ष शुसान्त तामाङले बताए ।
स्थानीयवासी र व्यापारीबाट रकम संकलन गरीे व्यवस्था गरिएको अभियानका संयोजक सन्दिप तामाङले बताए । उनले यस अभियानमा साथ दिनेहरुलाई धन्यवाद दिदै अभियानलाई अझ सशक्त, प्रभावकारी , सेवामुखि बनाउन लागेको बताए । यस अभियान सहयोग प्रदान गर्न संयोजक सन्दिप तामाङ – 982262332 आतिस श्रेष्ठ- 9824664147 क्लबले अनुरोध गरेको छ । अभियानको तेस्रो दिन भएको क्लबले जनाएको छ ।