बौनिया २८ जेठ- कैलालीमा मिनि बसले ठक्कर दिदा एक जना साइकल यात्रीको मुत्यु भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका २ कि २५ वर्षिया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।
लम्की बाट धनगढी जादैँ गरेको ना ७ ख ९३० नम्बरको बसले साईकल यात्रीलाई दिउँसो १ बजे बौनियाँ बजारको चौराहामा ठक्कर दिएको थियो । गम्भिर धाईते उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मुत्यु भएको बताएको छ । बस र चालकलाई ईलाका प्रहरी कार्यालय बौनियाँले नियन्त्रणमा लिएको छ ।