धनगढी, २५ जेठ–
रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै कैलालीमा मोटरसाईकल जुलुस प्रर्दशन गरिएको छ । आईतबार कैलालीको टीकापुर, लम्की, भजनी, बौनीया, सुख्खड, पहलमानपुर, चौमाला र अत्तरिया लगायतका क्षेत्रबाट बृहत् मोटर साईकल र्याली सहित धनगढीमा बृहत् बिरोध सभा समेत गरिएको सामाजिक अभियन्ता प्रेस बिसीले बताए ।
उनीहरुले रुकुम चैजाहारी घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदै सम्मको कारवाहीको माग गरेका छन् । अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुममा भएको नरसंहारको विरोधमा दलित अधिकारकर्मीहरुले बिगत केही दिन देखि बिभिन्न चरणमा आन्दोलमा उत्रिएका छन् । घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न समेत अधिकारकर्मीहरुले माग गरेका छन् ।

