• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मृत्युस्थल बन्दै सुदूरपश्चिमका क्वारेन्टिन,  ७ जनाको ज्यान गयो

धनगढी, २५ जेठ । १८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो । उनी बाबु आमासँगै भारतबाट आएकी थिइन् ।

त्यसयता सात दिनमा सुदूरपश्चिम प्रदेशका बिभिन्न क्वारेन्टिनमा रहेका अन्य ६ जनाको पनि मृत्यु भइसकेको छ । तर, बाजुराकी बालिकाबाहेक अन्य कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । मृतकमध्ये ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ३ जनाको रिपोर्ट आउन बाँकी छ ।

शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी ४ कि ५५ वर्षीया महिला भने क्वारेन्टिनमा थिइनन् । त्यसबाहेक बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टिनमा २र२ जना र डोटीको क्वारेन्टिनमा १ जनाको मृत्यु भएको छ ।

प्रदेशमा पहिलो संक्रमितको मृत्यु भएकै जिल्ला बाजुरामा शनिबार थप एक जना वृद्धको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्ष वृद्धको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

डडेल्धुराको क्वारेन्टिनमा पनि २ जनाको मृत्यु भएको छ । २१ जेठमा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो । उनी श्रीमान् सहित १६ गते भारतबाट आएकी थिइन् ।

त्यसअघि १७ गते राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भयो । आमा–बाबुसँगै ती बालक भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए ।

शनिबार साँझ बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह महराले जानकारी दिए । मृतक पुरुष शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट क्वारेन्टिनमा बसेका थिए ।

यसअघि २० जेठमा पनि बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो ।

आइतबार बिहान डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ ।

किन हुन्छ क्वारेन्टिनमा मृत्यु ?

पछिल्लो एक सातामा ३ जिल्लामा रहेको क्वारेन्टिनमा ७ जनाको मृत्यु भइसकेको छ । उनीहरु सबै भारतका बिभिन्न क्षेत्रबाट आएर क्वारेन्टिनमा बसेका थिए । तर, तीमध्ये बाजुराकी ३ वर्षीया बालिकाबाहेक अन्यमा कोरोना संक्रमण पुष्टि भएको छैन ।

त्यसो भए उनीहरुको मृत्युको कारण के हो त रु सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन तथा अस्थायी कोरोना अस्पतालका प्रमुख डा।निराजन दत्त शर्माले क्वारेन्टिनहरुमा दीर्घ रोगीहरुको हेरचाह राम्रो नहुँदा मृत्युदर बढ्न सक्ने बताउँछन्

‘धेरैमा पहिलेदेखि कै समस्या देखिएको छ,’ उनले भने, ‘प्रेसर, सुगर, एलर्जी, दम, बाथ आदि रोगका बिरामीहरुलाई हेरचाह र खानपिन राम्रो नहुँदा पनि मृत्यु भएको हुन सक्छ ।’

उपयुक्त स्थानमा व्यवस्थित क्वारेन्टिन नहुँदा पनि रोगसँग लड्न सक्ने क्षमता कम भएकाहरु व्यक्तिहरुको मृत्यु हुन सक्ने उनी बताउँछन् । ‘वातावरण ओसिलो भएको ठाउँमा दमका रोगी बसे भने एक्कासी समस्या हुन सक्छ,’ उनले भने, ‘क्वारेन्टिनमा रहेकाहरुमध्ये केही दम र प्रेसर बढेकै कारण मृत्यु भएको पनि सुनेको छु ।’

स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्र भने उनीहरुको मृत्युबारे अध्यन नगरी भन्न नसकिने बताउँछन् । ‘मृत्युका थुप्रै कारणहरु हुन सक्छन्,’ उनले भने, ‘त्यस विषयमा सहजै भन्न सकिने अवस्था रहन्न ।’

क्वारेन्टिनमा बस्नेहरुलाई बढी तनाब र त्रास हुने भएका कारण पनि मृत्यु दर बढेको हुन सक्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्मीले बताए । ‘मान्छे मर्दै मर्दैन भन्ने होइन । सबै मृत्युलाई कोरोनासँग जोड्न पनि हुँदैन,’ उनले भने, ‘क्वारेन्टिनमा बस्नु भन्दा आत्महत्या गर्न ठिक भन्दै नदीमा हामफालेको घटना पनि सुनेको छु । त्यसैले अनावश्यक भय, डर र त्रासले पनि समस्या सृजना गरेको छ ।’

क्वारेन्टिन पनि पूर्ण व्यवस्थित नभएको उनको भनाइ छ । ‘क्वारेन्टिन व्यवस्थापनको जिम्मा संघीय सरकारले स्थानीय तहको सरकारलाई दिएको छ,’ उनले भने, ‘हाम्रो त समन्वयकारी भूमिका मात्रै हो ।’ पछिल्लो समय क्वारेन्टिनमा बसेकाहरुको मृत्युको कारणबारे जिल्लामा छानबिन गर्न पहल भइरहेको समेत उनले जानकारी दिए ।

आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.