धनगढी,२५ जेठ । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ भने कोरोनाबाट सुदूरपश्चिममा हालसम्म दुई जनाको मृत्यु भएको छ ।
हिजो एक महिलाको मृत्युपछि कोरोना पुष्टि भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । हाल सेती प्रादेशिक अस्पतालमा २३ जना संक्रमित र १ जना शंकास्पदको आइसोलेसनमा उपचार भईरहेको छ ।
कैलालीको गौरीगंगा नगरपालिकाको भवानी माविको क्वारेन्टाईनमा रहेका चार जनामा कोराना संक्रमणको पुष्टि भएपछि हिजो साँझ उनीहरुलाई धनगढी ल्याईएको छ । चारैजनको सेती प्रादेशिक अस्पतालमा उचपार भईरहेको छ । उनीहरु १८ देखि ३१ वर्षसम्म उमेरका रहेका छन् । चारैजना वडा नम्बर ११ शिवपुरका बासिन्दा हुन् ।
त्यस्तै भारतबाट आएका डडेल्धुराको अमरगढी नगरपालिका ४५ वर्षीय पुरुषमा कोरोनाको आशंका गरिएको छ । उनलाई पनि सेती अस्पतालमा उपचारका लागि राखिएको छ ।