• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रयोगशालाले धान्न नसकेपछि कोरोना परीक्षणमा कडाइ, विज्ञ भन्छन्- संकट आउन सक्छ

कोरोनाभाइरसको पिसिआर परीक्षणमा कडाइ गर्ने सरकारको नीति विवादित बनेको छ। स्वास्थ्य मन्त्रालयले हालै कोरोना परीक्षण सम्बन्धी नयाँ निर्देशिका ल्याएको थियो।

उक्त निर्देशिकाले शंकास्पद र जोखिममा रहेका व्यक्तिकै परीक्षण नहुने देखिएपछि विज्ञहरूले यसले संकट आउन सक्ने चेतावनी दिएका छन्। सरकारले परीक्षणको दायरा बढाउन नसकेपछि विना सुझबुझ परीक्षण खुम्चाउने कदम लिएको उनीहरू तर्क गर्छन्।

अहिले देशभरका प्रयोगशालामा नमूनाको चाप थेग्न नसकेर हैरानी छ। क्षमताभन्दा पाँच गुणा बढी नमूना आउन थालेपछि प्रयोगशालामा नमूनाको चाङ लागेको हो। यही कारण देखाउँदै सुदूरपश्चिम प्रदेशले शुक्रबारदेखि आगामी पाँच दिनको लागि स्वाब संकलन नै बन्द गर्ने निर्णय गर्नुपर्‍यो।

प्रदेश स्वास्थ्य निर्देशनालयका डाक्टर गुणराज अवस्थीले  भने, ‘एक हजार बढी नमूना होल्ड भएको छ। त्यो परीक्षण हुन अझै पाँच दिन लाग्छ। त्यसैले अहिलेलाई स्वाब संकलन नगर्न भनिएको हो।’

सुदूरपश्चिममा ५० हजार बढी मानिस भारतबाट आएर क्वारेन्टिनमा बसेका छन्। तर प्रदेशमा जम्मा एउटा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छ। जसले दैनिक दुई सय ५० जनाको मात्र परीक्षण गर्न सक्छ। त्यसैले अहिले क्वारेन्टिनमा भएकालाई धमाधम आरडिटी गर्दै घर पठाइँदैछ।

देशभर सरकारी मातहतका पिसिआर परीक्षण गर्ने २० प्रयोगशाला छन्। यीमध्ये बढी क्षमता भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको व्यस्तता पनि कम छैन।

दैनिक एक हजार क्षमता रहेकोमा तीन हजार नमूना आइरहेको प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाले  बताइन्।

बाँकी प्रयोगशालाको स्थिति पनि यस्तै हो। यी सबै प्रयोगशालाको दैनिक क्षमता दुई सय ५० नै हो। तर पछिल्लो समय भारतबाट ठूलो संख्यामा मानिस आएपछि परीक्षणको चाप ह्वात्तै बढेको छ। सरकारले भने प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्ने स्थितिमा उल्टो परीक्षणलाई कडाइ गर्ने कदम लिएको छ।

निर्देशक झा भन्छिन्, ‘कतिपय अनावश्यक नमूना पनि आउन थालेपछि परीक्षणको नयाँ प्रोटोकल बनाएका हौं।’ संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले कोरोना परीक्षण सम्बन्धी सरकारले जारी गरेको नयाँ निर्देशिका वैज्ञानिक नभएको बताए।

ज्वरोको लक्षण भएका व्यक्तिको समेत परीक्षण हुने नदेखिएको उनले बताए। ‘अब ज्वरो मात्र आएर हुँदैन। त्योसँगै उसलाई खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, छाती दुख्ने लक्षण देखिए मात्र परीक्षण हुने भयो। त्यसैले यसमा मेरो चासो हो,’ उनले थपे।

डाक्टर सुवेदीले अधिकांश संक्रमितहरूमा लक्षण नहुने र त्यसमा पनि ५० प्रतिशत मानिसमा सुरुमा ज्वरो लक्षण नदेखिने भन्दै त्यसरी परीक्षणको नीति लिँदा थप अठ्यारो स्थिति आउन सक्ने बताए।

‘शल्यक्रिया गर्नुपर्ने विरामीमा पनि स्पष्ट लक्षण देखिए मात्र परीक्षण गर भन्छ। त्यसरी गर्दा चिकित्सक र अन्य स्वास्थ्यकर्मीमा संक्रमण सर्ने र पुरै अस्पताल जोखिममा रहने गर्छ,’ उनले भने।  जनस्वास्थ्यविद् डाक्टर समिरमणि दीक्षित पनि सरकारले संक्रमण समुदायस्तरमा पुर्‍याउन खोजेको बताउँछन्।

‘यसो हेर्दा सरकारले १४ दिन क्वारेन्टिनमा रहेका मानिसलाई विना परीक्षण घर जाने सुविधा दिएको जस्तो देखिन्छ,’ दीक्षितले सेतोपाटीसँग भने, ‘यसले समाजमा संक्रमण फैलिने जोखिम रहन्छ। राज्यले त्यो जस्तो ठूलो गल्ती गर्न सक्दैन।’

क्वारेन्टिन भनेकै संक्रमण भएरनभएको पुष्टि गर्ने ठाउँ रहेको भन्दै यसरी परीक्षण नगरी घर पठाउने हो भने मानिसलाई क्वारेन्टिनमा किन राख्नुपुर्‍योरु भन्ने उनको प्रश्न छ। सरकारले विना अध्ययन नयाँ निर्देशिका ल्याएर जोखिम निम्याउने कदम चालेको उनले बताए। ‘यस्तो बेला राज्यले हाम्रो सुझाव लिनुपर्ने हैन र ? ’, उनले भने।

क्वारेन्टिनमा रहेका मानिसको १४ दिनमा आरडिटी गर्ने कुरा उल्लेख भए पनि सरकारले पिसिआर परीक्षण गर्नबाट उम्किन खोजेको दीक्षितको तर्क छ।

बरु क्वारेन्टिनमा कम समय राखेर अनिवार्य पिसिआर गरेर थप होम क्वारेन्टिनमा बस्दा जोखिम कम रहने उनले बताए।

यसबारे काठमाडौं बाहिर रहेको एक प्रयोशालाका निर्देशक भन्छन्, ‘नयाँ प्रटोकलले अहिलको चापलाई अलिक कम त गर्छ तर चाप घटाउनलाई नै त्यसो गरेको हो भने राम्रो भएन। परीक्षणको दायरा नै बढाउनुपर्छ।’

उनले अनावश्यक मानिसको समेत पिसिआर गर्नुपरेको र आरडिटीको भ्रमका कारण सबैले पिसिआर नै गर्ने देखिएपछि समस्या आएको बताए। तर परीक्षण गर्न सकिएन भनेर दायरा नबढाउँदा संक्रमण थप बढ्ने उनको भनाइ छ।

‘हाम्रोमा पनि सुरुमा एकजना संक्रमण भेटिएन। पछि क्वारेन्टिनमै छिरेर परीक्षण गरेपछि संक्रमित भेटिए। त्यसैले परीक्षण क्षमता कम गर्ने कुरा गर्नु हुँदैन,’ उनले थपे।

सरकारले जारी गरेको नयाँ निर्देशिकामा पिसिआर परीक्षणको लागि तीन प्राथमिकता तय गरिएको छ। पहिलो शंकास्पद र उच्च जोखिम ठाउँबाट आएका व्यक्ति र संक्रमितसँगको सम्पर्कमा आएका व्यक्ति पिसिआर परीक्षण गर्ने भनिएको छ।

दोस्रो फ्रन्टलाइका स्वास्थ्यकर्मी, एम्बुलेसन्स चालक, सरसफाइमा खटिने कर्मचारी र आपत्तकालिन शल्यक्रिया गर्नुपर्ने विरामी जसमा संक्रमणको समेत शंका छ भने त्यस्ता व्यक्तिको समेत पिसिआर परीक्षण गर्ने भनिएको छ।

तेस्रो उच्च संक्रमण देखिएका ठाउँका व्यक्ति र माथिका उल्लेख सबै प्रोटोकलमा नपरेपनि लक्षण छ भने त्यस्ता व्यक्तिको पनि पिसिआर परीक्षण गर्ने भनिएको हो। यी बाहेक ज्वरोसँगै स्वासप्रस्वासमा समस्या भएको, खोकी लागेको र १४ दिनको बीचमा संक्रमित ठाउँबाट आएका व्यक्तिको पनि पिसिआर परीक्षण गरिनेछ। साथै संक्रमित व्यक्तिको सम्पर्कमा पुगेको र यी लक्षण देखिएमा पनि परीक्षण गरिनेछ।

अर्को श्वासप्रश्वास समस्याका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्थाका विरामी पनि पिसिआर परीक्षणको प्राथमिकतामा पर्छन्।

योसँगै माथिका लक्षणसँगै घाँटी दुख्ने, मांशपेसी दुख्ने, वास्ना र स्वाद थाहा नहुने, पखला चल्ने, र दीर्घ रोगीको पनि परीक्षण गर्ने भनिएको छ।

तत्काल शल्यक्रिया गर्नुपर्ने विरामी छ भने पिसिआरको नतिजा नपर्खी आवश्यक सतर्कता अपनाएर शल्यक्रिया गर्न र जतिसक्दो चाँडो स्वाब लिन भनिएको छ। तर माथि समेटिएका लक्षण भए मात्र त्यस्ता विरामीको परीक्षण गर्ने उल्लेख गरिएको छ।

यो बाहेका क्वारेन्टिन र होल्टिङ सेन्टरमा रहेकाको लक्षण देखिए मात्र परीक्षण गर नभए लक्षणविहीन अवस्थामा छ भने आरडिटी गरेर घर पठाउन सकिने भनिएको छ।

शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.