धनगढी, २३ जेठ – बिश्व वातावरण दिवसका अवसरमा धनगढी लेडिज जेसिजले वृक्षरोपण कार्यक्रम गरेको छ । उनीहरुले धनगढीको वडा नम्बर ६ जालीको नबदुर्गा भवानी मन्दिरमा बृक्षारोप गरेका हुन् ।
यस वर्षको विश्व वातावरण दिवसको नारा सुरक्षित जीवनका लागि जैविक विविधता मुल नाराका साथ विश्वभर क्रममा धनगढी महिला जेसिजले धनगढी धनगढीमा यो दिवस मनाएको हो । सामाजिक कार्यमा अग्रसर धनगढी लेडिज जेसिजले बिभिन्न कार्यक्रम गर्दै आएको छ । विश्व जैबिक बाताबरणमा असन्तुलत हुन लागेकोले सबैले केही बिरुवा भएपनि बृक्षारोपण अभियानलाई तिब्रता दिनुपर्ने धनगढी लेडिज जेसिजकी अध्यक्ष लक्ष्मी शाही चन्दले जानकारी दिईन् ।
विगत वर्षमा विभिन्न बृहत कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक कार्यक्रम प्रभावित भएको अध्यक्ष चन्दले बताईन् ।
बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।