• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको कोरोना अस्पताल : ठेक्का ५० शय्याको, बन्यो ४० शय्या मात्र

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटमा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको खुलेको छ।

कैलाली। निर्माण शुरू हुनुअघि ठेक्का प्रक्रियामै विवादमा परेको धनगढीको कोरोना विशेष अस्पताल निर्माण भइसकेपछि अर्को विवादमा परेको छ। यो विवाद हो, अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको भेटिनु।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटमा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको खुलेको हो। डिजाइन र इस्टिमेटमा ५० शय्याको अस्पताल भनिएकोमा अहिले आएर ४० वटा शय्या मात्र त्यसमा अटाएका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.हेमराज पाण्डेयले अस्पतालमा ४० शय्या मात्रै अटाएको स्वीकार गरे। उनले निर्माणपछि ५० शय्याको अस्पताल भनेर हस्तान्तरण गरिएको भए पनि शय्या व्यवस्थापन गर्दा ४० शय्या मात्र अटाउन मिल्ने देखिएको बताए।

निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीलले भने ५० शय्याकै अस्पताल निर्माण गरेको दाबी गरे।

डिजाइन र इस्टिमेटमा पनि ५० शय्या नै उल्लेख भएको भन्दै उनले सामाजिक विकास मन्त्रालयले नै डिजाइन र इस्टिमेट बनाएर दिएको, त्यहीअनुसार निर्माण भएको बताए ।

यसअघि अस्पतालको ठेक्का सम्झौतामै मिलोमतो भएको गुनासो आएको थियो। धनगढी र महेन्द्रनगरमा आईसोलेसन भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालय मातहतकै शिक्षा समन्वय इकाई कैलालीमा कार्यरत इन्जिनियर दिनेश बोहराले डिजाइन र इस्टिमेट बनाएका थिए।

उनले स्टिमेट बनाइसकेपछि जनस्वास्थ्य कार्यालय कैलालीले १७ चैतमा ठेक्का आह्वान गर्दै तीन दिनको समय दिएको थियो। तीन दिनमा चार वटा निर्माण कम्पनीले बोलपत्र प्रस्ताव खरिद गरे पनि लक्ष्मणबहादुर बोहरा सञ्चालक रहेको किनारा कन्ट्रक्सनले टेण्डर प्राप्त गरेको थियो।

इस्टिमेटमा नक्शाको डाईमेन्सन, कति फिट जग हाल्ने, उचाई कति हुने, कस्तो सामान प्रयोग गर्ने केही पनि उल्लेख नभएकाले निर्माणमा बदमासी भएको आशंका गरिएको छ।

बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.