धनगढी, २१ जेठ- कारोना संक्रमण धेरै फैलन नदिन अन्यत्रबाट आएका नागरिकलाई क्वारेन्टाईनमा राखेका छन् । क्वारेन्टाईनमा बसेका पनि भौतिक दुरी कायम गरी बस्नुपर्ने नियम छ तर, डोटी जिल्ला जोरायल गाँउपालिकाको एक क्वारेन्टाईनमा खशी काटेर भोज खाएको दृश्यले सबैलाई हैरान बनाएको छ ।
जोरायल गाँउपालिका वडा नम्बर ५ गडसेरको नबोदाय माविमा बनाएको क्वारेन्टाईनमा खशी काटेर खाएका छन् । १५ जना भारतको कर्नाटाकबाट आएका भन्दै क्वारेन्टाईनमा खशी काटेर खुशीयाली मनाएका छन् । गाँउमै खशी किनेर ल्याएको उनीहरु बताउदै आएका छन् ।
अहिले भारतबाट मजदुरी गर्ने सुदूरपश्चिमका नागरिक घर फर्केका छन् । भारतबाट तथा नयाँ क्षेत्रबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने नियम सरकारले बनाएको छ । तर, त्यो निमयको धज्जी उडाउदै क्वारेन्टाईनमै खशी काटेर भोज खाएका छन् । क्वारेन्टाईनमा भौतिक दुरी कायम गरी बस्नुपर्ने ठाउमा यसरी खशी भोज गर्नु राम्रो नभएको एक स्थानियले बताए ।
उता जोरायल गाउपालिकाका अध्यक्ष दुर्गा ओझा भने ‘क्वारेन्टाईनमा कसैलाई खशी काटेर खान बजेट दिएको छैनौ आफै किनेर काटेको हो भने हामीलाई थाहा छैन ।’ भौतिक दुरी कायम गरी सुरक्षित बस्न सबैलाई सल्लाह दिएको बताए । तर, क्वारेन्टाईनमा खशी काटी खाएको बिषय आफुलाई कुनै जानकारी नभएको अध्यक्ष ओझाको भनाई छ ।