काठमाडौं । बाँकेको ठुहरिया जंगलमा भएको दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । मध्यरातमा भएको माइक्रो दुर्घटनामा परेर १२ जनाको मृत्यु थियो । उनीहरुको आज सनाखत भएको हो । ना ५ ख ५९९५ नम्बरको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटनामा परेको कोहलपुरका प्रहरी निरीक्षक देवेन्द्र मल्लले जानकारी दिए । भारतबाट उद्धार गरेर नेपालगंजबाट सल्यानतर्फ यात्रु लिएर जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको थियो ।
नामावली
- १) निमबहादुर ओली
- २)नरेन्द्र विक
- ३) मोहनचन्द्र विक (रोल्पा रुन्टीगढी ६ होलेरीका)
- ४) बुद्विराम विक
- ५) भीमबहादुर विक
- ६) रामकुमार पुन (दाङ राजपुर ६)
- ७) पूर्ण बहादुर पुन (दाङ शान्तिनगर ३)
- ८) सीता पुन (दाङ शान्तिनगर ३)
- ९)दान बहादुर खड्का (दैलेख गुराँस गाउँपालिका ४)
- १०) पवन भण्डारी सुर्खेत वीरेन्द्रनगर ३ तातापानी
- ११) रितेश कार्की
- १२) हिमान्सु थापा (दाङ शान्तिनगर ३)