धनगढी, १९ जेठ- मंगलेश्वर ट्रेड एण्ड मल्टी सप्लायर्स धनगढी–५ हसनपुरका संचालक चक्र बमले क्वारेन्टाईनमा बसेकालाई सामाग्री प्रदान गरेका छन् ।
बलमे सोमबार वडा नम्बर ५का वडा अध्यक्ष हिरासिह पातली मार्फत क्वारेन्टाईनमा बसेका नागरिकलाई सरसफाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
बमले क्वारेन्टाईनमा बसेका लागि सबैलाई पुग्ने गरी सावुन, सरफ र माक्स प्रदान गरेको संचालक बलमे जानकारी दिए । क्वारेन्टाईनमा बसेका नागरिकलाई सरसफाईका लागि सामाग्री अभाव भन्ने खबर पाएपछि उनले उक्त सामग्री प्रदान गरेको बताएका छन् ।