धनगढी, १९ जेठ- खप्तड डेरी प्रालीद्वारा उत्पादित निको दुधको पोका भित्र किरा भेटिएको छ । बिगत ३ महिना देखी उपभोग गर्दै आएका धनगढी उपमहानगरपालिका ५ हसनपुरका तिलक बोगटीले प्याकेट खोल्दा किरा भेटिएको बताए । खप्तड डेरीको दैनिक ढाई लिटर दुध उपभोग गर्दै आएका बोगटीले आईतबार बिहान दुध लिएका थिए । ‘हरेक दिन झै दुध लिएर फ्रिजमा राखेका थियौ खोल्दा किरा भेटियो’ बोगटीले सुदूरपत्र अनलाईलाई भने–‘यसरी दैनिक उपभोग्य खाद्य पदार्थमा किरा भेटिनु लापरवाही हो ।’ खप्तड डेरीको अधिकार व्यक्तीलाई गुनासो गर्दा कुनै प्रतिकृया नभएको उनको गुनासो छ ।
उता निको दुध उत्पादन गर्ने कम्प्नी खप्तड डेरी ईन्ड्रस्टीज प्रालीद्वारा जारी गरेको सुचनामा ४८ घण्टा भित्र प्रयोग गरिसक्नु पर्ने बताएको छ । तर, दुध उपभोक्ता बोगटीले भने खरिद गरेको ८ घण्टामै खोल्दा किरा भेटेको बताए । खप्तड डेरी उद्योग गादाबरी नगरपालिका वडा नम्बर ६ बडेहामा प्रशोधित तथा प्याकेजिङ्ग हुदै आएको छ । यो दुध सुदूरपश्चिका अधिकांश क्षेत्रमा बितरण हुदै आएको छ ।
दुधमा किरा भेटिएको बारेमा सुदुरपत्र अनलाइनले उत्पादक कम्पनी संग बुझ्न खोज्दा कम्पनीकी लेखाफाट हेर्दै आएकी अनुपमा भट्टले उपभोक्ताबाट गुनासो आएकोले कसरी त्रुटी हनु आएको बारेमा अनुसन्धान हुन लागेको बताईन् । ‘दैनिक हजार लिटर भन्दा बढी प्याकिङ्ग हुन्छ’ भट्टले भनिन् –‘प्याकिङ्ग गर्दा ¥यापर मार्फत गएको हुन सक्ने बताए ।’
उता खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत तथा सुचना अधिकारी दिपक कुँवरले दुध भित्र किरा भेटिनु खाद्य बिरुद्धको कसुर मानिन्छ तर, प्याकेट खेलिएकोले सोही बिक्रेताका अन्य प्याकेटका नमुना संकलन गर्न सकिने बताए । अहिले सम्म हामी समक्ष दुधमा किरा भेटिएको सम्बन्धमा कुनै गुनासो नआएकोले आफु अनबिज्ञ भएको सुचना अधिकारी कुँवरले जानकारी दिए ।