ईश्वर जैसी
सुखड १८ जेठ- कैलालीको घोडाघोडी नगरपालिकाले भारत तथा कोरोनाको जोखिम क्षेत्र बाट आएका आफ्ना नागरिकहरुलाइ सुरक्षीत राख्न र समाजमा भाइरसको संक्रमण फैलीन नदिन नगरपालिकाले ४२ ओटा क्वारेन्टिन स्थापना गरेको छ । गत आइतबार ११ गते बसेको नगरको कार्यपालिका बैठकको निर्णय अनुसार प्रयेक वडाहरुमा रहेका सामुदायीक विद्यालयहरुलाइ वडाले क्वारेन्टिनका लागि व्यवस्थापन गर्नु पर्ने निर्णय अनुसार १२ वडा रहेको घोडाघोडी नगरपालिकामा अहिले ४२ ओटा क्वारेन्टिन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताए । निर्माण गरिएका ४२ ओटा क्वारेन्टिमा अहिले एक हजार चार सय ३८ जना पुरुष र दुइ सय ६४ जना महिला गरि जम्मा एक हजार सात सय दुइ जनाले आश्रय लिइरहेका छन ।
घोडाघोडी नगरपालिका वडा १ मा तिन ओटा क्वारेन्टिन निर्माण गरिएको छ । घोडाघोडी बहुमूखि क्याम्पसमा ८८ पुरुष र ८ जना महिला गरि जम्मा ९६ जना, कालिका आधारभुक्त विद्यालय सिंगरया मा ८ पुरुष र ४ महिला गरि १२ जम्मा र राष्टिय माध्यमिक विद्यालय सुखडमा ५४ पुरुष ७ महिला गरि ६१ जनाले क्वारेन्टिनको आश्रय लिरहेका छन । वडा न २ मा १ ओटा मात्र क्वारेन्टिन निर्माण गरिएको छ । दशरथ माध्यमिक बिद्यालय साडेपानीमा ५३ जना पुरुष र ९ जना महिला गरि ६२ जनाले ले आश्रय लिइरहेका छन ।
वडा न ३ मा चार ओटा क्वारेन्टिन निर्माण गरिएको छ । सरस्वती आधारभुत बिद्यालय निम्दीमा ६१ पुरुष र १० जना महिला गरि ७१ जना , गडरी माध्यमिक बिधालय बगुलिया मा १५ पुरुष र ७ महिला गरि जम्मा २२ जना, मोहोन्याल माध्यमिक बिधालय नारायणपुरमा पुरुष ९ , समैजी आधारभुत बिधालय जुरपानी, १३ जना पुरुष ले आश्रय लिइरहेका छन ।
त्यस्तै, वडा न ४ मा नौ ओटा क्वारेन्टिन निर्माण गरिएको छ । घोडाघोडी आधारभुत बिधालय भालुफटामा २५ पुरुष र ८ महिला गरि जम्मा ३३ जना, सिताकुण्ड माध्यमिक बिधालय गणेशपुरमा २० जना पुरुष , जनज्योती आधारभुत बिधालय सिम्थरी मा २७ जना पुरुष , राष्टिय माध्यमिक ुबिधालय रामपुरमा २० पुरुष , नवप्रवात माध्यमिक बिधालय माघीमा १० जना पुरुष र २ जना महिला गरि जम्मा १२ जना , बृन्दा सामुदायक भवनमा १९ जना पुरुष, ननक्वालिटी ई बोडि स्कुलमा १५ जना पुरुष , मेलघट्टी माध्यमिक जनकपुरमा २८ जना पुरुष र ७ जना महिला गरी जम्मा ३५ जना ,लांलीगुरा“स आधारभुत बिद्यालय गैडाखेडा २८ जना पुरुष र ९ जना महिला गरि जम्म्मा ३७ जनाले आश्रय लिइरहेका छन ।
वडा न ५ मा पा“च ओटा क्वारेन्टिन निर्माण गरिएको छ । जनता आधारभुत बिद्यालय सरैयामा ३१ जना पुरुष र १ जना महिला गरि जम्मा गरि ३२ जना , जनप्रिय आधारभुत बिद्यालय फारममा २२ जना पुरुष र २ जना महिला गरि जम्मा २४ जना, कालिका आधारभुत बिधालय सितलपुरमा ८ जना पुरुष र ४ जना महिला गरि जम्मा १२ जना , दरख माध्यमिक बिद्यालय हरिनगरमा शुन्य जना, राष्टिय माध्यमिक बिद्यालय देवकलियामा ६१ जना पुरुष र २० जना महिला गरि जम्मा ८१ जनाले आश्रय लिइरहेका छन ।
वडा न ६ मा पा“च ओटा क्वारेन्टिन निर्माण गरिएको छ । बडातडो आधारभुत बिद्यालय बछुरियामा ६२ जना पुरुष र २० जना मलिा गरि जम्मा ८२ जना, प्रतिखेत बर्थिक सेन्टरमा २२ पुरुष र १२ महिला गरि जम्मा ३४ जना , बेथेल चर्च बसन्तामा २९ जना पुरुष र १ जना महिला गरि जम्मा ,संत्संग भवन आर्दशनगरमा १७ जना पुरुष, सरस्वती आधारभुत बिद्यालय बसन्तामा ९६ जना पुरुष र २० जना महिला गरि जम्मा ११६ जनाले आश्रय लिइरहेका छन ।त्यस्तै, वडा न ७ मा दुई ओटा क्वारेन्टिन निर्माण गरिएको छ । कन्ठेश्वर आधारभुत बिद्यालय र्कितिपुरमा २६ पुरुष र १ जना महिला गरि जम्मा २७ जना , बालकल्याण आधारभुत बिद्यालय करैचामा ५१ ज्ना पुरुष र २ जना महिला गरि जम्मा ५३ जनाले आश्रय लिइरहेका छन ।
वडा न ८ मा पा“च ओटा क्वारेन्टिन निर्माण गरिएको छ । मेलघट्टी माध्यमिक बिद्यालय दिपनगरमा ४७ जना पुरुष र १२ जना महिला गरि जम्मा ५९ जना, बालज्योती आधारभुत बिद्यालय जरहीमा ४७ जना पुरुष र ५ जना महिला गरि जम्मा ५२ जना , भैरव आधारभुत बिद्यालय लठुवामा २२ जना पुरुष र ८ जना महिला गरि जम्मा ३० जना, मोहनी आधारभुत बिद्यालयमा ४२ जना पुरुष र १० जना महिला गरि जम्मा ५२ जना, राष्टिय माध्यमिक बिद्यालय तारानगरमा १०२ पुरुष र २५ जना महिला गरि जम्मा १२७ जनाले आश्रय लिइरहेका छन ।
वडा न ९ मा तिन क्वारेन्टिन निर्माण गरिएको छ । कालिका माध्यमिक बिद्यालय खलादेतमा ७८ पुरुष र २१ जना महिला गरि जम्मा ९९ जना , दुर्गामाता प्री प्राइमरी स्कुलमा ३ जना पुरुष र राष्टिय जन्ता आधारभुक्त विद्यालय फारम मा ५४ पुरुष र दश महिला गरि जम्मा ६४ जनाले आश्रय लिइरहेका छन । वडा न १० मा कान्ती मावि पहलमानपुरमा ६४ पुरुष र ६ महिला गरि जम्मा ७० जना जनकल्याण मावि मा ७ पुरुष र २ महिला गरि ९ जनाले आश्रय लिइरहेका छन । त्यस्तै वडा न ११ मा जन्ता आधारभुक्त विद्यालय तप्पा मा ३ पुरुष, महलमासिंह मेमोरियल माध्यमिक विद्यालयमा २६ पुरुष र ८ महिला गरि जम्मा ३४ जनाले आश्रय लिइरहेका छन ।
वडा न १२ को राष्टिय माध्यमिक विद्यालय त्रिवेणि बजारमा क्वारेन्टिन निर्माण गरिएको छ जहा अहिले सम्म २५ पुरुष र ३ महिला गरि जम्मा २८ जनाले आश्रय लिइरहेको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलास रावतले जानकारी गराउनु भएको छ । बाहिर बाट नागरिकहरु आउने क्रम नरोकिएकाले उनीहरुको उद्धार गरि उचीत व्यवस्थापन गर्ने कार्य भैरहेको नगरका प्रबक्त मनराज शाहिले बताए