धनगढी, १५ जेठ
देउवा सेवा समाजको क्यालेन्डर २०७७ को एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । क्यालेन्डरको सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदिय दलका नेता डाक्टर रणबहादुर रावल, प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बिमोचन गरेका थिए ।
क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै संसदिय दलका नेता डाक्टर रणबहादुर रावल देउवा सेवा समाज मानवीय सेवामा तल्लीन संस्था भएको बताए । देउवाहरुको ईतिहास बिरताको गाथाले भरिएको छ डाक्टर रावलले भने, जो हिजो थियो आज पनि छ ।
प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले देउवा सेवा समाजको क्यान्डर सन्देश मुलक समेत रहेको बताए । क्यालेन्डरमा महत्वपूर्ण धार्मिक र ऐतिहासिक ठाउँका फोटोहरु संकलन गरेर राखिएका छन् ।
देउवा सेवा समाजका अध्यक्ष गजैसिंह देउवाले संस्था पवित्र भावनाले खोलिएकाले सधै समाज सुधारका क्षेत्रमा काम गर्ने बताए । उनले भने,मानविय सेवा हाम्रो पहिलो प्राथमिकता हो ।