डोटी १५ जेठ– डोटीको बडीकेदार गाउँपालिका लाई दुईतर्फी समस्यामा परेको छ । आफ्ना ५ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका जोरायल गाउँपालीका, बोगटान फुड्सिल गाउँपालिका र अर्को जिल्ला कैलालीका चुरेगाउँपालीका र मोहन्यल गाउँपालिका लगायत का नागरिकसमेत बडीकेदार गाउँपालीका आएर जाने क्रम बढेपछि थाम्न नसक्ने समस्या भएको बडीकेदार गाउँपालीका का उपाध्यक्ष ईन्द्रा बोहरा भाटले बताईन् । उनले भनिन् –‘विभिन्न पालिकाबाट आएका व्यक्तिलाई गाउँपालिकाको केदार ज्योती पुञ्ज बहुमुखी क्याम्पस वि पि नगर र बर्छैन माध्यामीक बिद्यालयमा ल्याएर सम्बन्धीत गाउँपालीका पठाउनुपर्ने अवस्था सिर्जना भएको छ । हाल आएर गाउँपालीमा ७ वटा क्वारेन्टाईन मा २ सय ४ जनाको ब्यबस्था गरीयको छ ।
आफ्नै गाउँपालिकाका नागरिक हुन् भन्दै आफुले उच्च सतर्कताका साथमा बासस्थान, खानपानको व्यवस्थापन गर्दै आएको भए पनि अन्य पालिकाका जिल्ला नागरिक आएपछि समस्या भएको बडिकेदार गाउपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए । सबै समस्यालाई र चुनौतिका बावजुत पनि नागरिकहरुलाई कोरोनाबाट सुरक्षित गराउने अभियान जारी रहेको अध्यक्ष चन्दले जानकारी दिए ।
‘गाउँपालिकामा रहेको स्वास्थ्य शाखाले उपचारका लागि क्वारेन्टिनमा पालैपालो काम गरेका को बडिकेदार गाउँपालिका स्वास्थ्य शाखा सयोजक योगेन्द्र शाहिले बताए । तर, काम गर्दा आरडीटीका लागी कीट र स्वास्थ्यकर्मीको समस्या सगै पुर्वधारको समस्या रहेको पनि स्वास्थ्य संयोजक शाहीको गुनासो छ ।
बडीकेदार गाउँपालिकाले आफ्ना क्षेत्रका क्वारेन्टाईनका लागि सुरक्षा चुनौती समेत थपिएको छ । जनशक्ती अभावका कारण गाउँपालीकाले एक जना प्रहरी र एक वडामा पांच जना स्वयम् सेवक नयाँ राखिएको गाउँपालीकाले जानएको छ ।