• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

‘लाहुर्या आइग्या ! भाग’

कैलाली, १३  जेठ- भारतबाट फर्केकाहरु बाटैबाटो हिँडेर क्वारेन्टाइन जान लाग्दा डोटी, बडिकेदारकी धौली बिक ‘लाहुर्या (भारतबाट फर्केकाहरु) आइग्या ! भाग’ (लाहुरे आए ! भागौ) भन्दै साथीसँगीलाई सचेत गराइरहेकी थिइन् । कोरोनाको सन्त्रास छाएका बेला भारतबाट फर्केकाहरुलाई बाटो छोड्दै उनीहरु बाटो काटेर गए । यो अहिलेको सामाजिक परिवेशको चित्रण हो । तर, कोरोना संक्रमणको त्रासअघि भने वर्षौदेखि यहाँका आफन्तहरु तिनै लाहुरेको आउने बाटो हेर्दै बसिरहेका हुन्थे । समय र परिस्थितिले आज ठीक उल्टा बनाएको छ ।

समयले उल्टा चक्र फेरेको बताउँदै डोटी बहुमुखी क्याम्पसका प्राध्यापक डा. बद्री शर्मा बिनाडी भन्छन्,‘पहिले लाहुरेको मान सम्मान र इज्जत हुन्थ्यो । तर, अहिले बाहिरी देशबाट आएको देख्ने वित्तिकै मानिस लुक्न थालेका छन् ।’ विदेशमा काम गर्नेहरुलाई गाउँघरमा देशबाट आएको मानिस भन्दै उसको सम्मान गर्नुका साथै देश खाएर आएको मान्छे भनेर इज्जत गर्ने गरेको उनी बताउँछन् । ‘हामी सानै छँदा भारतमा रोजगारी गरेर फर्कनेहरुलाई गाउँमा सबैले इज्जत दिन्थे, सम्मान गर्थे,’ उनले भने,‘हिजो अस्तीसम्मा वैदेशिक रोजगारीमा गएकाहरुलाई मानिसले सम्मानै दिएका थिए, तर समय बदलियो, अब भने विदेशप्रतिको आकर्षण विकर्षणका रुपमा देखिएको छ ।’ अहिले भारतबाट फर्केका सबै नेपालीहरुले स्देशमै केही गर्न पाउँ भन्ने मनसाय बोकेको बताउँदै उनी भन्छन्,‘यो स्वदेशका लागि भने खुसीको कुरा हो ।’

गाउँघरमा बाँझो रहेको जमिनलाई यसैबेला संघीय, प्रदेश र स्थानीय सरकारले केही नयाँ नीति ल्याएर फर्केकाहरुलाई कृषि कर्ममा लगाउन सके देशले कोल्टे फेर्ने अर्थशास्त्री राजेन्द्रवीर चन्द बताउँछन् । कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक समेत रहेका चन्दका अनुसार कोरोना भाइरसका कारण वैदेशिक रोजगारमा गएकाहरु अहिले फरक धारणा लिएर फर्केका छन्, उनीहरुलाई यसैबेला स्वदेशमा केही गर्न सकिन्छ भन्ने मनसाय पलाएकाले सरकारले पनि त्यही अनुरुपको योजना तथा नीति बनाउनु पर्ने बेला आएको छ । ‘यो बेला सरकारले औषधोपचारपछि कोरोना नेगेटिभ देखिएकाहरुलाई सामाजिक दूरी कायम गराउँदै कृषि कर्ममा जुटाउन प्रेरित गर्ने हो भने स्वदेशले पाँच वर्षमै आर्थिक क्रान्ति ल्याउँछ,’ उनले भने,‘त्यसका लागि अबको बजेटमा सरकारले कृषि र औद्योगिक क्षेत्रमा प्रसस्त बजेट छुट्याएर नयाँ नीति ल्याउन सक्नु पर्छ ।’ घटना र परिघटनाले विश्वमै नयाँ पाठ सिकाएका उदाहरण सुनाउँदै उनले भने,‘कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जान रहर भन्दा पनि बाध्यता हुन्छ, तर यसपालि भने मानिस कोरोनाका कारण स्वदेश फिर्ता भएका छन्, यसैलाई सरकारले अवसर ठानेर जनशक्तिलाई स्वदेशमै तत्कालै कृषि कर्ममा जुटाउन सके यसले ठूलो उपलब्धि हासिल हुन सक्छ ।’

स्वदेशमा रोजगारी नपाएर वर्षौसम्म भारतमा जीवन काट्नु पर्दाको पीडा ताजै रहेका बेला अहिले कोरोनाका कारण झन मर्नु न बाँच्नु बनाएको बताउँदै रमेश कार्कीले भने,‘म सानैमा भारत छिरेँ, १५ वर्ष भारतमै बिताए, सीप सिकेर फर्केको छु, यसैबेला नेपाल सरकारले केही गरिदिए स्वदेशमै काम गर्न तयार छु ।’ उनी मात्रै हैनन् भारतबाट फर्केका अधिकांश सुदूरपश्चिमेलीहरु अहिले स्वदेशमै केही गर्ने चाहनाका साथ फर्केको बताउँछन् । ‘हामीमा सीप छ, त्यही सीपलाई यहीको माटोमा लगाउन चाहन्छौँ,’ भारतको पञ्जावमा कृषि कर्म गरेर फर्केका गजेन्द्र साउँदले भने,‘मेरो आफ्नै जमिन छ,अब सरकारले ऋणका लागि मात्रै पनि सहुलियत गरिदिए गाउँमै बसेर कृषि क्षेत्रमै काम गर्ने थिएँ ।’ अरुको देशमा गएर दिनभर जोतिएर कृषि कर्ममा रमाउनु भन्दा आपतका बेला फर्केका आफूहरु यही केही गर्न सक्छौँ भन्ने सोच रहेको उनले बताए । हिजोका दिनमा विदेशबाट फर्कदा पाउने सम्मान अहिले कोरोनाका कारण अपहेलित हुनु परेको बताउँदै उनले भने,‘विदेशबाट फर्कदा अपहेलित हुनु परेको अवस्था देख्दा अब देशमै केही गर्ने सोच पलाइसकेको छ ।’

मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.