• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतबाट आएका २ हजार ५ सय जना नेपालीलाई खाना खुवाईयो

धनगढी, १३ जेठ । भारतका बिभिन्न शहरबाट आएका २ हजार ५ सय नेपालीलाई आज खाना खुवाईएको छ । समाजसेवी श्याम तायलको अगुवाईमा जारी खाना पानी अभियान अन्तर्गत आज २ हजार ५ सय जनालाई खाना र पानी बितरण गरिएको हो । आज राउण्ड टेबल नेपालको सौजन्यमा नेपालीहरुलाई खाना वितरण गरिएको तायलले बताए ।

खाना पानी अभियान अन्तर्गत आज करीव ३ हजार २ सय बोतल पानी वितरण गरिएको छ । खाना भन्दा पनि अधिकांश व्यक्ति पानी नपाएर तडपिरहेका थिए । उनीहरु खाना भन्दा पनि पानीका लागि आग्रह गरिरहेका थिए । भारतबाट आएका नेपाली दाजुभाईहरु यसरी खाना र पानी नपाएर तडपिरहेको देखेपछि खाना पानी अभियान शुरु भएको हो ।

नेपालीहरुलाई खाना वितरण तथा प्याकिङमा समाजसेवी श्याम तायल, चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद, आरपी मोर्डन ईण्डष्ट्रिजका सञ्चालक आदित्य अग्रवाल, राउण्ड टेबलका राहुल बंशल, कृष्ण तायल लगायत मारवाडी युवा परिषद, राउण्ड टेबल धनगढी–अत्तरीयाका सदस्यहरु निरन्तर रुपमा खटिरहेका छन् ।

आज पानी वितरणका लागि उषा ओभरसिज कष्टम एजेन्ट कैलाली भन्सारले ११ हजार रुपैया, निर्मल टे«ड एण्ड अर्डर सप्लायर्सका राकेश गुप्ताले ५० कार्टुन मिनरल वाटर र अनमोल विश्वास सुसेन्टरका सञ्चालक शरद रावलले मिनिरल वाटरका लागि ५ हजार रुपैया सहयोग गरेका छन् ।
भारतबाट भोकै आएका नेपालीहरुलाई खाना तथा वितरण गरिरहेको दृष्य तथा समाचार पढेर मनकारी व्यक्तिहरुले स्वर्फुतढंगले यो अभियानमा सहभागिता जनाएका हुन् ।

नेपालीहरुलाई सीमा क्षेत्रमा खाना र पानी खुवाउने अभियानबाट प्रभावित भएर वेष्र्टन फार्मेसीका तर्फबाट सञ्चालक प्रमोद शर्माले एक हजार जनालाई खाना खुवाउन ५० हजार रुपैया आर्थिक सहयोग गरेका छन् । समाजसेवी तायलको अगुवाईमा शुरु भएको यो अभियानमा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद लगायत संलग्न छन् । केही दिनयता यो अभियानमा देशबिदेशबाट थुप्रै मनकारी व्यक्ति जोडिएका छन् ।

आज सुप यातायातका तर्फबाट अध्यक्ष पदम सापकोटा लगायतको टीमले ५० कार्टुन पानी, रोयल कोलेबोरोटिभ र सुदूरपश्चिम फाउण्डेसनले पनि खाना र पानी खुवाईरहेका छन् ।

मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.