बाजुरा १२ जेठ-जय मालिका यातायात प्रालि बाजुराले सबै सवारी चालकलाई सुरक्षा संवेदनशिलतामा ध्यान नदिए ‘महामारी विरुद्ध’को मुद्धा लगाउने भएको छ ।
यात्रा जादाँ अनिवार्य पिपिइ सेटको प्रयोग गर्नु पर्ने, सेनिटाइजर र पञ्जाको प्रयोग गर्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।
प्रालिको आइतबार भएको भिडियो संवाद सहीतको बैठकले व्यक्तिगत सुरक्षामा ध्यान नदिने, सिल गरिएका गाडिका सिटमा यात्रु राख्ने र सरसफाइका सामाग्री प्रयोग नगर्ने सवारी चालक र सहचालकका विरुद्ध महामारी विरुद्धको मुद्धा हाल्ने निर्णय गरेको जय मालिका यातायात प्रालि बाजुराका अध्यक्ष प्रेम नाथले जानकारी दिए ।
जय मालिका यातायात प्रालीले सुदूरपश्चिमका बिभिन्न जिल्लामा सेवा दिदै आईरहेको छ ।
आफन्त र नजिकको भनेर सिल गरिएका अगाडिका सिटमा सवारी बोकेको पाईएमा गाडी चालक सहित बस्ने व्यक्तिलाई समेत क्वारेन्टाइनमा राख्ने र अटेर गरे प्रहरीलाई अनुरोध गरेर कारवाही गर्ने, अनुमति बेगर सवारी साधान चलाएको पाईएमा कानुनी कारवाहीका लागि प्रालि मार्फत मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।
अलपत्र परेकाहरुको उद्दारका लागि संकटमा सहयोग गर्ने बाहनामा जोखिम बढाउन खोज्ने जोकोहीलाई कारवाही गर्ने निर्णय गरेको छ ।
प्रालिका अध्यक्ष प्रेम नाथको अध्यक्षतामा बसेको भिडियो संवाद बैठकले यातायात क्षेत्रका सबै मजदुर र सवारी चालक सबैलाई आफ्नो सुरक्षामा र अरुको सुरक्षामा विशेष ख्याल गर्न अनुरोध गरेको छ ।