• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीमा उच्च सर्तकता, स्थानीय तह प्रवेशमा कडाई

धनगढी, ११ जेठ- कैलालीको जानकी गाउँपालिकामा तीन जना कोरोना सङ्क्रमित फेला परेपछि अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन । टीकापुर नगरपालिकाले अन्य जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको छ । टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो ।

शुक्रबार बसेको कार्यपालिका बैठकले बाहिरी जिल्लाबाट आउने नागरिक थेग्न नसकिने भन्दै हरेक वडामा थप क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको हो। “हामीले यसअघि एक हजार नागरिक राख्नसक्ने क्वारेन्टिन तयारी गरेका थियौँ”, टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने, “बाहिरी जिल्ला तथा भारतबाट आउने नागरिक बढ्ने देखिएकाले थप व्यवस्थापनमा लागेका छौ ।” हाल नगरपलिकाका क्वारेन्टिनमा एक सय भन्दा बढी बसिरहेका छन । स्थानीय पालिकामा क्वारेन्टिनमा बस्ने खचाखच भरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने किटको भने अभाव छ ।

‘‘क्वारेन्टिनमा बसेका सबैको स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था छैन, बिनापरीक्षण पछि कसरी छाड्ने होला रु”, रावल भन्छन, “प्रदेश सरकारसँग माग गरिरहेका छौँ । सुदूरपश्चिमका सबै जिल्लाका पालिकामा भारत तथा नेपालका अन्य जिल्लाबाट आएकाहरु भरिएका छन ।” सीमासँगै जोडिएको भजनी नगरपालिकाकाले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरका सबै वडामा क्वारेन्टिन बनाउन थालेको छ। नगरसँग नजिकैको तहमा कोरोना सङ्क्रमित फेला परेसँगै नगरपालिकाले पनि उच्च सर्तकता अपनाउँदै १ देखि ९ वटै वडामा क्वारेन्टिन थप गरिरहेको नगरप्रमुख शेरबहादुर चौधरीले जानकारी दिए ।

भजनी नगरपालिकामा यसअघि पाँच क्वारेन्टिन छन । भारतसँगै सीमानाका जोडिएको तथा रोगजारीका क्रममा अधिकांश भारतमा रहेकाहरु आउने क्रममा रहेकाले भजनी थप जोखिममा पर्न सक्ने भएकाले सुरक्षा सतर्कता अपनाइएको चौधरी बताउछन्। “सतर्कता अपनाउनुका साथै थप क्वारेन्टिन स्थापना गर्न थालेका छौँ”, चौधरीले भने, “जाँचलाई प्राथमिकता दिँदै प्रत्येक क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौँ ।”

कैलालीकै जोशीपुर गाउँपालिकाले पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै गाउँपालिका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको गाउँपालिकाका कोरोना फोकल पर्सन नरेन्द्र कठरियाले बताए। जोशीपुर गाउँपालिकाले तीन क्वारेन्टिन बनाई आन्तरिक तथा बाह्य क्षेत्रबाट आउनेलाई राख्ने गरेको छ। भारतलगायत अन्य क्षेत्रबाट आएकालाई एक ठाउँमा र नेपाल भित्रबाटै गाउँपालिकामा आएकालाई अर्को स्थानमा राख्ने गरेको छ। पछिल्लो समयमा गाउँपालिकामा पनि आन्तरिक क्षेत्र तथा भारतबाट आउने क्रम बढिरहेको गाउँपालिकाले जनाएको छ । रासस

आइतबार, जेठ ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.