पुष्कर भट्ट
महेन्द्रनगर ११ जेठ- महाकाली नदीमा बनेको दोधाराचाँदनी जोड्ने झोलुंगे पुलमा ताला ६ घण्टापछि खुलेको छ । भीमदत्त नगरपालिका–१३ का वासिन्दाले भारतबाट फर्किरहेका नागरिकका कारण संक्रमणको जाखिम बढको भन्दै आईबार बिहान ७ बजे पुलमा ताल्ला लगाएका थिए ।
भीमदत्त नगरपालिकासँग भएको सहमति बमोजिम स्थानीयको माग पूरा हुने भएपछि ताल्चा खुलेको भिमदत्त–१३ अध्यक्ष लालबहादुर शाहीले बताए । नियमित रुपमा सेनिटाइज गर्ने सहमतिसहित दमकलले झोलुंगे क्षेत्रमा सेनिटाइज गर्न थालेपछि पुल खोलिएको अध्यक्ष शाहीले बताए । अबदेखि प्रत्येक दिन बिहान नगरपालिकाले वडाका संवेदनशील क्षेत्रमा सेनेटाइज गर्ने भएको छ ।