बेलौरी १० जेठ- नहरमा डुबेर कञ्चनपुरमा एक युवकको ज्यान गएको छ। जिल्लाको भीमदत्त नगरपालिका –६ महाकाली सिंचाईको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका २७ वर्षीय अशोक धामीको मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा एक्कासी डुबेर धामीको ज्यान गएको कञ्चनपुर प्रहरी प्रवक्ता रविन्द्रनाथ पौडेलले बताए। शनिवार बिहान १० बजे नहरमा नुहाउन गएका ती पुरुष बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनको शव भेटिएको पौडेलले बताए।