कैलाली उधोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुबरले लकडाउनका बिच भारतका बिभिन्न ठाउँवाट सिमा सम्म पुगेका नेपालीहरुलाई खाजा खुवाएका छन् ।
अध्यक्ष कुबरले कैलालीको गौरीफन्टा सिमा नाका सम्म पुगेर अलपत्र परेका ९ सय ३० जना नेपालीहरुलाई चाउचाउ र पानी उपलब्ध गराएका हुन् । घर फर्किन पाउने आशामा भोकभोकै सिमा सम्म पुगेका सुदूरपश्चिम सहित बिभिन्न प्रदेशका नागरिकहरुलाई सानो भएपनि केही राहत होस भन्ने उद्देश्यका साथ चाउचाउ र पानी वितरण गरेको अध्यक्ष कुबरले बताए ।
उनले धनगढीमा रहेको दुर्गा टेड्सका संचालक खेम चोखालवाट प्राप्त २१ पेटि चाउचाउ , कैपाल स्टोरका संचालक कृष्ण पाण्डेबाट प्राप्त १० पेट चाउचाउ र लाल टेड्र्सवाट प्राप्त २५ पेटी पानी सहित थप गरेर ९ सय ३० जनालाई चाउचाउ र पानी बितरण गरिको बताए ।
केही दिनदेखी खाना र पानी समेत नपाएर भोकभोकै सिमा सम्म पुगेका नेपालीहरुले सिमामै चाउचाउ र पानी उपलब्ध गराएमा खुसी हुदै उधोग वाणिज्य संघका अध्यक्ष कुबरलाई धन्यवाद दिएका थिए ।