धनगढी,९जेठ । सामुदायिक वनकै पदाधिकारीको मिलोमतोमा सामुदायक वनका अबैध रुपमा रुख काटिएका छन् । धनगढी उपमहानगरपािलका वडा नम्बर १८मा रहेको लालीगुँरास सामुदायिक वनमा सामुदायक वनकै पदाधिकारीको मिलोमतोमा रुख काटिएको उपभोक्ताहरुको आरोप छ ।
सामुदायक वनका अध्यक्ष र कोषाध्यक्षको मिलोमतोमा रुख कटान सोही सामुदायिक वनका उपभोक्ता गोपाल बस्नेत, हरिप्रसाद जोशी र प्रकाश कठायतकोले अरोप लगाएका छन् । उनीहरुले वनका अध्यक्ष बिरबहादुर देउवा र कोषाध्यक्ष गंगा परियारले साल, अस्ना र जमुनाका रुख कटान गरी तस्करी गरेको आरोप लगाउदै कार्वाहीको माग समेत गरेका छन् ।
सो वनमा अबैधरुपमा रुख कटान भएको आरोप लगेपछि सव डिभिजन वन कार्यलय फूलवारीले समेत वन निरिक्षण गरेको छ । निरिक्षणका क्रममा २ रुख साल, १ रुख जमुना र ७ रुख अस्ना काटिएको फेला परेको सव डिभिजन वन कार्यलय फूलवारीका वन अधिकृत निरन्जन कडालले बताए । वनमा अबैधरुपमा रुख कटान गर्ने सामुदायिक वनलाई वन ऐन अनुसार कार्वाही गर्ने अधिकृत कडालले बताए ।




