बैतडी, ९ जेठ- जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा रहेका एक जना व्यक्तिमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दिल्ली नारायण पाण्डेले कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको बताए । कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको डिएसपी पाण्डेय बताए ।
वैशाख १५ गते पक्राउ गरिएको संक्रमित चैत ६ गते भारतबाट नेपाल आएका थिए।