धनगढी,९ जेठ- कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रिने क्रम रोकिएको छैन् । आज शुक्रवार पनि भारताका बिभिन्न शहरबाट नेपाल भित्रिने क्रम जारी रहेको छ । शुक्रवार १ बजे सम्म ५२८ जना गौरीफन्टा नाका हुदै नेपाल प्रवेस गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
सोही नाका हुदै २ र ३ गते नौँ सय ५०, ७ गते ८ सय ५८ र ८ गते २ हजार ४ सय ९८ जनाको उद्धार गरिए प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिएका छन् । गौरीफन्टा नाका हुदै नेपाल प्रवेस गरेका अधिकांसलाई सम्बन्धित स्थानिय तहमा पठाइ सकिए पनि अझै ४ सय जना भन्दाबढी धनगढी स्थित नबदुर्गा माध्यामिक बिद्यालयको क्वारेन्टाइन मै राखिएको बस्नेतले जानकारी दिए ।
केहीको नाकामै आरडिटी परिक्षण गरिएको भए पनि अधिकांशको सम्बन्धित स्थानिय तहमै परिक्षण गर्ने गरी स्थानिय तहमै पठाईएको छ ।