अत्तरिया – कैलालीको अत्तरिया बजारको पहाड रोडमा रहेका ५० ओटा पसल सिल गरिएको छ । गोदावरी नगरपालिका २ स्थित अत्तरिया चोक देखि उत्तर पट्टिका करिब ५० पसल सिल गरिएका हुन ।
गोदावरी नगरपालिकाका प्रवक्ता शमानन्द भट्टका अनुसार बिहिबार साँझ भारतबाट उद्दार गरिएकाहरु उक्त क्षेत्रका मानिसहरुको सम्पर्कमा आएकाले उक्त क्षेत्र सिल गरिएको हो । उनले जोखिमयुक्त क्षेत्रबाट आएकाहरुको सम्पर्कमा आएकाले सो क्षेत्रमा जोखिम बढेकाले सिल गरिएको बताए । उनले सो क्षेत्रका मानिस त्रसित भएपछि सिल गरिएको बताए ।
‘भारतबाट गाडीहरुमा आएका मानिसहरु संग सामान किन्ने क्रममा प्रत्यक्ष सम्पर्क भएको रहेछ । भारतबाट उद्दार गरिएर ल्याएकाहरुले यस क्षेत्रमा केहि पसलहरुबाट समान किनेका रहेछन ।’ उनले भने – ‘केहि व्यक्ति गाडी भित्रै सामान पनि पुगाउन गएका रहेछन । त्यसले स्थानिय नै त्रसित भएपछि सिल गरेका हौ ।’ उनले प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वास संकलन गर्नका लागि तथ्याङ्क संकलन भईरहेको बताए