दार्चुला — दार्चुलाबाट नेपाल–भारत जोड्ने पुल बिहीबार केही घण्टाका लागि खोलिएको छ । यसका तीन उद्देश्य छन्– लकडाउनले बेंसीमै अड्किएका व्यासी सौका समुदायलाई कुन्चा (बसाइँ) सर्न दिने, सीमापारि रहेका नेपालीलाई भित्र्याउने र दार्चुलामा रहेका भारतीयलाई उनीहरूको देश फर्काउने ।
व्यास गाउँपालिका–१ का सौका समुदाय स्वदेशबाट बाटो नहुँदा भारत हुँदै तीन–चार दिन हिँडेर थातथलो फर्कनुपर्छ । व्यासी सौकालाई बसाइँ सर्न र नेपाल–भारतमा रोकिएका नागरिकलाई आ–आफ्नो देश फर्काउन दुवै देशका स्थानीय प्रशासनको समन्वयमा केही बेर खलंगास्थित अन्तर्रा्िष्ट्रय नाका खोलिएको सहायक प्रजिअ टेकसिंह कुँवरले बताए ।
चैत अन्तिमदेखि वैशाख पहिलो सातासम्म व्यास पुगिसक्ने कुन्चा यस वर्ष लकडाउनका कारण बेंसीमै रोकिएको थियो । चिसो मौसममा बस्ने पशुचौपाया हिमाली क्षेत्र जान नपाउँदा केही बेंसीमै गर्मीले मरेका थिए ।
भारतीय नागरिकसमेत नेपालमा रोकिएकाले भारतीय प्रशासन पनि नाका खोल्न सहमत भएको हो । दार्चुला सदरमुकाममा ३० जना भारतीय नागरिक रहेको तथ्यांक जिल्ला प्रशासन कार्यालयसँग थियो ।
यही बेला भारतीय बजार क्षेत्र धारचुलामा रहेका नेपाली नागरिकलाई पनि नेपाल प्रवेश गराइरहेको प्रशासनले जनाएको छ । पहिले कुन्चा, त्यसपछि भारतीय नागरिक पठाउने र अन्तिममा नेपाली नागरिकलाई नेपाल ल्याइने कार्यतालिका छ ।
अस्पतालको भेन्टिलेटर खरिदमा आपूर्तिकर्ता आरजी कम्पनीले बदमासी गरेर पुराना र खियिएका समान दिएपछिको प्रकरण सेलाउन नपाउँदै आईसोलेशन भवनमा द्वयत ईटा प्रयोगदेखि समयमा निर्माण नभएपछि स्थानीय चिन्तित भएका छन् ।
स्थानीय एव सरोकारवालाले कोरोना जस्तो महामारीबाट बाँच्नका लागि आईसोलेशन भवन निर्माणमा भएको ठेक्का सत प्रतिशतमा सदर भएपनि निर्माणमा द्वयत ईटा प्रयोग गर्नु र ढिलासुीती हुन निन्दनिय भएको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेन्टिलेटर खरिद प्रकृयामा पुरै कागजात नियन्त्रणमा लिएपछि महाकाली अस्पतालमा भेन्टिलेटर खरिदका लागि जिम्मा पाएको आर। जी सप्लायर्स कम्पनीसंगको प्रकृया रद्द नयाँ प्रकृया अघि बढाएको छ । भवन निर्माण कार्य जतिसक्यो चाँडो निर्माण गर्न नागरिक अगुवाले आग्रह गरेका छन् । महामारी जुनसुकै बेलामा पनि आउन सक्ने भएकाले त्यसको तयारी समयमै गर्नुपर्नेमा सुझाव दिएका छन् ।