काठमाडौं । बाँकेका २५ वर्षीय पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले मृतक वैशाख ३० गते भारतबाट नेपाल आएको बताए । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको बताए ।