• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कुहिएको चामल प्रकरणः के आउँदै छ छानविन समितिको प्रतिवेदनमा ?

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले आज प्रतिवेदन वुझाउँदै छ । राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण भएपछि गठन गरिएको छानबिन समितिले आज दिउँसो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

तीन दिनको समय सीमा दिएको समितिले छानविन र अनुगमन तथा सम्बद्धहरुको वयानपछि प्रतिवेदन तयार पारिएको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिको प्रतिवेदन कस्तो आउला भन्ने जनचासो वढेको छ ।

तयार हुँदै प्रतिवेदन

छानविन समितिले दुई दिन लगाएर ५ वडाहरुमा वितरणका लागि राखिएको चामलको स्थलगत अनुगमन गर्दै चार वडामा कुहिएको र एक वडामा राम्रो चामल पाएको थियो । छानविन समितिले चार वडामा एक हजार तीन सय ५१ कट्टा कुहिएको र किरा परेको चामल फेला पारेको थियो । नम्बर ४ मा २ सय ६९ कट्टा, वडा नम्वर ५ मा ८ सय ८७ कट्टा, वडा नम्बर १ मा ९ मा ९५ कट्टा र वडा नम्बर २ मा १०० कट्टा कुहिएको चामल पाईएको छानबिन समितिले जनाएको छ । वडा नम्बर १२ मा वितरण गरिएको चामल राम्रो र खान योग्य रहेको समितिको भनाई थियो । १६ वडामा वितरण गरिएको चामल भने राम्रो भएका त्यहाँ वितरण गर्दा कुनै समस्या र गुनासो आएको छैन् ।

छानविन समितिले सवै विषयमा छानविन र अनुगमन गरेपछि धनगढी उपमहानगरपालिकालाई वुझाउन प्रतिवेदन तयार पारिरहेको छ । दिईएको तीन दिनको समय सीमा आज विहान पुगे पनि प्राविधिक कारण प्रतिवेदन तयार पार्न ढिलाई भईरहेको छ । तर आज जसरी पनि प्रतिवेदन तयार पारेर वुझाउने संयोजक मुरारी अधिकारीले बताए ।

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक रहेको छानविन समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य रहेका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन ।

चामल आपुर्तिकर्तालाई कारवाहीको सिफारिस
धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा चामल आपुर्तिको ठेक्का धनगढीको ठाकुर टे«ड लिंकले पाएको थियो । उसले यसअघि १६ वटा वडामा चामल वितरण गर्दा कुनै समस्या र गुनासो नआए पनि वडा नम्बर ४ मा कुहिएको चामल पाईएपछि विवाद चर्किएको थियो । त्यसपछि वितरण गर्न बाँकी रहेका वडाहरुको चामलको बारेमा जानकारी लिदैं वस्तुस्थिति वुझ्न छानविन समिति बनाईएको थियो । स्रोतका अनुसार छानविन समितिको प्रतिवेदनमा चामल आपुर्तिकर्तालाई कारवाहीको सिफारिस हुनेछ । चामल आपुर्तिकर्तासँगको वयानमा आपुर्तिकर्ताले आफुलाई अर्को उद्योगले आपुर्ति गरेका कारण गुणस्तरहीन चामल परेको बयान दिएका छन् । सोही कुरालाई ध्यानमा राखेर चामल आपुर्तिकर्ता नै जिम्मेवार भएकोले कारवाहीको सिफारिस छानविन समितिले गर्नेछ ।

टेण्डर प्रक्रियामा कुनै अनियमितता छैन्
धनगढी उपमहानगरपालिकाले राहत वितरणका लागि टेण्डर आह्वान गर्दा देखि नै मिलोमतो गरिएका समाचारहरु सञ्चार माध्यमहरुमा आईरहेका छन् । तर छानविन समितिले भने टेण्डर प्रक्रियामा कुनै समस्या नरहेको स्रोतले बतायो । समितिका अनुसार केही प्राविधिक र मानवीय गल्ती भए पनि टेण्डरमा मिलोमतो र अनियमितता नभएको प्रतिवेदनमा उल्लेख गर्ने छ । कर्मचारी र जन प्रतिनिधिको सेटिङ भएको कुरा संग्लन कागजातमा नखुलेको कुरालाई छानविन समितिले आधार मान्नेछ ।

कारवाही सिफारिस भए भोग्न तयारः आपुर्तिकर्ता
यता चामल आपुर्तिको ठेक्का पाएको ठाकुर टे«ड लिंकले भने छानविन समितिले गरेको कारवाहीको सिफारिस भोग्न तयार रहेको बताएको छ । ठाकुर टे«ड लिंकका सञ्चालक हरिशंकर ठाकुरले आफुहरुले नियतबस नगरेको भएपनि नैतिक रुपमा जिम्मेवारी लिदैं कारवाही भोग्न तयार रहेको बताए । उनका अनुसार ठाकुर टे«ड लिंकको ट्याग र लोगो राखिएका चामलका कट्टामा कुनै समस्या नरहेको तर रश्मि टेड्र कन्सर्नबाट किनेर दिईएको चामल खराब पाईएको छ । त्यही आधारमा कारवाहीको सिफारिस पर्ने ठाकुर टे«ड लिंकले पनि रश्मि टेड्र कन्सर्नलाई कारवाहीका लागि कानुनी उपचारको बाटोमा जाने ठाकुर टे«ड लिंकका सञ्चालक हरिशंकर ठाकुरले जानकारी दिए । त्यसका सवै प्रमाणहरु आफुसँग रहेको उनको दावी छ ।

रश्मि टेड्र कन्र्सन मौन
धनगढी उपमहानगरपालिकामा चामल आपुर्तिको ठाकुर टे«ड लिंकले रश्मि टेड्र कन्र्सनबाट किनेको चामलमा कफियत देखिएको छ । तर ठाकुर टे«ड लिंकलाई चामल पठाउने रश्मि टेड्र कन्र्सनले यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन् । रश्मि टेड्र कन्र्सनका सञ्चालक मनोज अग्रवाललाई यस वारेमा वुझ्न पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन् ।

आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.