पुनर्वास, २ जेठ- कञ्चनपुरको पुनर्वासबाट भारततर्फ लैजादै गरेको ४७ हजारको सामान सशस्त्र प्रहरी बल बिओपी गोबिन्द बजारले आज बरामद गरेको छ ।
आज बिहान करिब ३ बजेतिर पुनर्वास नगरपालिका–४ बाट भारततर्फ लिएर जादै गरेको ४७ हजार बराबरको १ सय ३० पोका मेघाश्री र १० डण्डा खुकुरी चुरोट बरामद गरेको बिओपी गोबिन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले जानकारी दिए ।
लुकुछिपी भारततर्फ टाँकोमा सामान बेकेर लिएर जानेक्रममा हामीले देख्यौं तर तस्कर सामान छोडेर भागि हाल्यो ।” उनले भने–“बाटो हिलो भएकोले तस्करलाई समात्न सकिएन ।” “फटिया र बैशाखी नाकाबाट सामान जान्छ भन्ने छ, त्यसैले सीमा क्षेत्रमा हुने अबैध आयत निर्यातलाई नियन्त्रण गर्न गणबाट थप टोली मगाएका छौं ।” बरामद भएको सामान भन्सार चलान गरिने बिओपी गोबिन्द बजारले जनाएको छ ।