धनगढी, २ जेठ- भारतको पलिामा क्वारेन्टाईनमा बसेका नेपालीहरुको जन्मभुमी आउने धोको पुरा भएको छ । ४९ औ दिनसम्म सीमावर्ती भारतीय बजार पलियामा क्वारेन्टाईनमा रहेका नेपालीहरुको नेपाल आउने धोको पुरा भएको हो । पलियाबाट एक सय २० जना नेपालीहरुलाई लिएर तीन वटा बस गौरीफन्टा नाका आएको छ ।
उनीहरुमा स्वदेश आउन पाउदा उनीहरुमा खुशीको सीमा नै छैन् । केही नेपालीहरु जन्मुभमी पुग्दा केही नेपालीहरु भने पलिायबाट हिड्ने तयारीमा रहेका छन् । पलियामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८ बझाङका ३, डोटीका ३, दैलेखका २ जना, कास्की, सिन्धुली, रौतहट र सिन्धुलीका एक÷एक गरी एक सय ८० जना रहेका छन । जसमध्ये ४ जना महिला र ३ जना बालबालिका रहेका छन् ।
उनीहरुले उद्धारका लागि आग्रह गर्दै आएको भएपनि गृह मन्त्रालयको अनुमति नपाउँदा उद्धार हुन सकेको थिएन । स्थानीय प्रशासनको लामो समयको प्रयासपछि उनीहरुको आज उद्धार भएको हो । उनीहरुको उद्धारको विषयमा मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका बीचमा छलफल भएको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी र खिरी जिल्लाका अधिकारबीचको छलफलपछि उनीहरुले नेपाल प्रवेश पाएका हुन् ।