एक महिनाअघि सरकारले सुदूरपश्चिम पठाएको कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवसीय चिकित्सक आज फर्किने भएका छन्।
बैशाख ५ गते यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको थियो। सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक गुणराज अबस्थीका अनुसारउक्त टोलि आज काठमाण्डौ फिर्ता भईरहेको जानकारी दिए । विश्वभरी नै कोरोनाको महामारी फैलिएका बेला सुदूरपश्चिम पनि उच्च जोखिममा रहेका कारण संघीय सरकारले ३३ जना चिकित्सक पठाएको थियो।

सरकारी छात्रवृत्तिमा पढिरहेका ३३ आवासीय चिकित्सक मध्ये १४ सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा चार, अछाम, डडेल्धुरा, बझाङमा तीनरतीन जना खटाइएको थियो।
यस्तै, बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुईरदुई जना खटाइएको थियो। उक्त टोलीमा इन्टरनल मेडिसिनका १६ जना डाक्टर, सर्जरीका पाँच, बालरोगका दुई, एनेस्थेसियाका एक, अर्थोेपेडिकका तीनजना चिकित्सक रहेका थिए।
त्यस्तै नाककान घाँटीका दुई जना, स्त्रीरोगका दुई जना र दुईजना रेडियोलोजिष्ट रहेका थिए। उनीहरुको उपस्थितीमा तीन साता सम्म नियमित स्वास्थ्य सेवा प्रादानमा सजिलो भएपनि लकडउनका कारण धेरैलाई स्वास्थ्य सेवा दिन नसकिएको अस्पतालहरुले जनाउका छन्।