एजेन्सी । कोरोना भाइरसबाट दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार शनिबार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ५ सय ५ जनाको मृत्यु भएको छ। सोही दिन विश्वमा ८१ हजार २ सय ८७ जना कोरोनाका नयाँ संक्रमित अस्पताल पुगेका छन्।
शनिबार कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ। शनिबार अमेरिकामा नै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। अमेरिकामा शनिबार कोरोनाका कारण १ हजार ८ सय ६७ जनाले ज्यान गुमाएका थिए भने २९ हजार ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। स्पेनमा शनिबार नै ३ हजार ५ सय ७७ जना नयाँ बिरामी देखिएका थिए। सोही दिन स्पेनमा कोरोनाका कारण ६ सय ३७ जनाको मृत्यु भएको थियो।
इटालीमा शनिबार कोरोनाबाट ४ सय ८२ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय ९१ जना नयाँ बिरामी देखिएका छन्। फ्रान्समा पछिल्लो चौबिस घण्टामा ३ हजार ८ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा फ्रान्समा कोरोनाबाट ६ सय ४२ जनाको मृत्यु भएको छ। जर्मनीमा शनिबार थप २ हजार ३ सय २७ जनामा कोरोना भाइरस देखिएको छ। सोही दिन जर्मनीमा १ सय ८६ जनाको मृत्यु भएको छ। बेलायतमा शनिबार ५ हजार ५ सय २५ कोरोनाका नयाँ बिरामी देखिएका थिए भने ८ सय ८८ जनाको मृत्यु भएको थियो। टर्कीमा शनिबार थप ३ हजार ७ सय ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो।
सोही दिन टर्कीमा १ सय २१ जनाले ज्यान गुमाएका थिए। इरानमा १ हजार ३ सय ७४ जना नयाँ बिरामी देखिएकोमा ७३ जनाको मृत्यु भएको छ। बेल्जियममा शनिबार थप १ हजार ४५ जनामा कोरोना भाइरस देखिएको थियो भने २ सय ९० जनाको मृत्यु भएको थियो।
रुसमा ४ हजार ७ सय ८५ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन रुसमा कोरोनाका कारण ४० जनाको मृत्यु भएको थियो। ब्राजिलमा शनिबार ३ हजार ४० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने २ सय २० जनाको मृत्युको कारण कोरोना भाइरसको संक्रमण बन्यो। क्यानडामा शनिबार १ हजार ४ सय ५६ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन क्यानडामा १ सय ६० जनाको मृत्यु भएको थियो। नेदरल्याण्ड्मा शनिबार नै १ हजार १ सय ४० जना कोरोनाका नयाँ संक्रमति उपचारको लागि अस्पताल पुगेका थिए भने १ सय ४२ जनाको मृत्यु भयो।