एजेन्सी । मानिसमा पहिलो पटक कोरोना भाइरसको खोजी गर्ने महिला स्कोटल्याण्डको एक बस चालककी छोरी थिइन्, जसले १६ वर्षको उमेरमै स्कुल छोडेकी थिइन् । उनको नाम हो जून अलमोला, जो भाइरस इमेजिङ क्षेत्रको चर्चित मानिसको लिस्टमा आफ्नो नाम लेखाउँन चाहान्थिइन् । अहिले कोभिड–१९ महामारीको समयमा जूनले गरेको काम र उनको खोजी चर्चाको केन्द्रमा छ । कोभिड १९ एक नयाँ भाइरस हो । तर यो कोरोना भाइरसको एक प्रकार हो, जसलाई डाक्टर अलमोडाले सबै भन्दा पहिला सन् १९६४ मा लण्डनको सेन्ट थोमस अस्पताल स्थित ल्याबमा पत्ता लगाएकी थिइन् ।
भाइरोलोजिस्ट जून अलमोडाको जन्म सन् १०३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो शहरको उत्तर–पूर्वीस्थित एक बस्तीको साधारण परिवारमा उनको जन्म भएको थियो । १६ वर्षको उमेरमै स्कुलको पढाइ पुरा गरेपछि जूनले ग्लासगो सहरकै एक प्रयोगशालामा एक टेक्निसियनको रुपमा काम गर्न सुरु गरेकी थिइन् । पछि उनी नयाँ खोज र अनुसन्धानका लागि लण्डन गइन् र सन् १९५४मा उनले भेनेजुएलाका कलाकार एनरिके अलमोडासँग बिवाह गरिन् ।
सामान्य रुघा ज्वरोमाथि अनुसनधानः
चिकित्सा क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार, बिवाहको केही वर्षपछि नै उनीहरु सानी छोरीसँगै क्यानडा गए । क्यानडकै ओटारियो क्यान्स इन्स्टीट्युटमा डाक्टर जूनले एक इलेक्ट्रोन माइक्रोस्कोपसँगै उनले आफ्नो उत्कृष्ट कौशलको विकार गरिन् । यसै संस्थानबाट काम गदागर्दै उनले एक यस्तो विधिमा सफलता हासिल गरिन्, जसको मद्दतले भाइरसको कल्पना गर्न निकै सहज भयो । लेखक जर्ज विन्टरले बीबीसीलाई जानकारी दिएअनुसार, बेलायतले जून अलमोडाको काम र सफलतालाई बुझेर सन् १९६४ मा उनको अगाडी लण्डनको सेन्ट थोमस मेडिकल स्कूलमा कामको लागि प्रस्ताव गर्यो ।
यो त्यही अस्पताल हो जहाँ कोभिड १९ बाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको उपचार भएको थियो । क्यान्डाबाट आएपछि डाक्टर जूनले डाक्टर डेविट टायरेलसँग मिलेर अनुसन्धानको काम शुरु गरिन् । त्यो समय बेलायतको सेलिस्बरी क्षेत्रमा सामान्य रुघा खोकी, ज्वरोमा शोध भइरहेको थियो । जर्ज विन्टरले बताए अनुसार डाक्टर टायरेलले रुघा लागेको समयमा नाकबाट बग्ने तरल पदार्थका थुप्रै नमूना जम्मा गरेका थिए । लगभग सबै नमूनामा सामान्य रुघा खोकीको बेला पाइने भाइरस उनीहरुको टिमले देखे । तर यसमा एक नमूना ‘बी–८१४’ नाम दिइएको थियो । उक्त नमूना सन् १९६० मा एक बोर्डिङ स्कूलका छात्रबाट लिइएको थियो ।
कोरोना भाइरसको नाम कसले राखेका थिएः
डाक्टर टायरेलले उक्त नमुनालाई डाक्टर जून अलमोडाको मद्दतबाट इलेक्ट्रोन माइक्रोस्कोपको माध्यमबाट जाँच गर्ने तयारी गरे । डाक्टर जून कहाँ जाँच्नका लागि उक्त नमूना पठाइयो । जूनले परीक्षण गरेपछि भनिन्, ‘यो भाइरस इनफ्लूएन्जा जस्तै देखिन्छ, तर यो अलि फरक छ ।’ र यही भाइरसलाई डाक्टर जूनले पछि गएर कोरोना भाइरस भएको पत्ता लगाइन् । जर्ज विन्टर भन्छन्, ‘खासमा यो भाइरस अलमोडाले पहिला मुसामा हुने हेपिटाइटिस र कुखुराबाट हुने संक्रमक ब्रोकाइटिसमा देखेकी थिइन् ।’ जूनको पहिलो शोध पत्रमा इन्फ्लुएन्जा भाइरसकै खराब तस्विर प्रस्तत गरिएको लेख विन्टर बताउँछन् ।
तर नमूना संख्या बी–८१४ बाट भएको नयाँ खोजलाई सन् १९६५ प्रकाशित भएको ब्रिटिश मेडिकल जर्नलमा र त्यसको दुई वर्षपछि जर्नल अफ जेनेलर बायोलोजीमा तस्विरका साथ प्रकाशित भएको थियो । लेखक विन्टरका अनुसार, डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थोमस मेडिकल संस्थानका प्रोफेसर टोनी वाटरसनले नै यस भाइरको तलमाथि बनावटलाई हेर्दै यस भाइरसको नाम ‘कोरोना भाइरस’ राखेका थिए । पछि गएर लण्डनको पोस्टग्रेजुएट मेडिकल कलेजबाट डाक्ट्रेटको पढाई पुरा गरेकी जून अलमेडाको निधन सन् २००७ मा भयो, जतिबेला उनी ७७ वर्षकी थिइन् । उनको निधनको १३ वर्षपछि उनी र उनको कामले वास्तवमै मान्यता पाइरहेको छ । उनलाई एक प्रख्यात शोधकर्ताको रुपमा सम्झना गरिँदैछ ।