एजेन्सी । विश्वमा कोरोना भाइरस ९कोभिड(१९०का बिरामी र यसबाट मर्नेको संख्या मंगलबारको तुलनामा बुधबार बढेको देखिएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबार कोरोना भाइरसबाट विश्वभर ७ हजार ९ सय ६० जनाले ज्यान गुमाएका छन् भने ८४ हजार ५ सय १५ जना नयाँ बिरामी थपिएका छन्। मंगलबार विश्वभर कोरोना भाइरसका कारण ६ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो भने ७३ हजार ७ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबारको तुलनामा बुधबार ९ सय ८१ जना बढीको मृत्यु भएको छ भने १० हजार ७ सय ८६ बढी नयाँ बिरामी थपिएका छन्। बुधबार सबैभन्दा बढीको मृत्यु र संक्रमितको संख्या अमेरिकामा थपिएको छ।
अमेरिकामा मात्र बुधबार कोरोना भाइरसका कारण २ हजार ४ सय ८२ जनाले ज्यान गुमाएका छन् भने ३० हजार २ सय ६ जना नयाँ बिरामी देखिएका छन्। स्पेनमा बुधबार ६ हजार ५ सय ९९ जना नयाँ बिरामी थपिएका थिए। सोही दिन स्पेनमा कोरोनाबाट मर्नेको संख्या ५ सय ७ छ। इटालीमा कोरोनाका नयाँ संक्रमित २ हजार ६ सय ६७ थपिएका थिए भने ५ सय ७८ जनाको मृत्यु भएको थियो। फ्रान्समा बुधबार ४ हजार ५ सय ६० जना नयाँ कोरोनाका बिरामी अस्पताल पुगेका थिए। सोही दिन फ्रान्समा १ हजार ४ सय ३८ जनाको मृत्यु भएको थियो। बुधबार अमेरिकापछि सबैभन्दा बढीको मृत्यु फ्रान्समा भएको देखिन्छ। जर्मनीमा बुधबार २ हजार ५ सय ४३ जना नयाँ संक्रमित थपिएकोमा ३ सय ९ जनाको मृत्यु भएको थियो।
बेलायतमा बुधबार थप ४ हजार ६ सय ३ जनामा कोरोना भाइरस देखिएको थियो। सोही दिन बेलायतमा ७ सय ६१ जनाको मृत्यु भएको थियो। बुधबार इरानमा १ हजार ५ सय १२, टर्कीमा ४ हजार २ सय ८१, बेल्जियममा २ हजार ४ सय ५४, ब्राजिलमा ३ हजार ३ सय ४८ र क्यानाडामा १ हजार ३ सय १६ जना नयाँ बिरामी थपिएका थिए। सोही दिन कोरोनका कारण इरानमा ९४, टर्कीमा १ सय १५, बेल्जियममा २ सय ८३, ब्राजिलमा २ सय २५ र क्यानडामा १ सय ७ जनाले ज्यान गुमाएका थिए। रुसमा बुधबार थप ३ हजार ३ सय ८८ जनामा कोरोना भाइरस देखिएको थियो भने २८ जनाको मृत्यु भएको थियो।
