धनगढी,३० चैत–कोरोना भाइरस रोकथामका लागि गरीएको लकडाउन उल्लंघन गरी धनगढीमा जुवातास खेल्ने ७ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । उनिहरुको साथबाट नगद एक लाख अठतिस हजार एक सय नब्बे र तिन गड्डी बरामद बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए । उप–महानगरपालिकाको वडा नम्वर २ का स्थानीय कृष्ण भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
लगडाउन उलङघन गर्दै जुवा तास खेलि रहेको अवस्थामा ७ जना पक्राउः
मिति २०७६।१२।३० गते कैलाली जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर २ रामजानकिटोलमा जुवा तास खेलि रहेको सुचनाको आधारमा खटिईएको प्रहरी टोली निम्न स्थान बस्ने निम्न व्यक्तीहरुलाई तिन गड्डी तास र नगद रु१,३८,१९०।–९एक लाख अठतिस हजार एक सय नब्बे बरामद गरि निजहरुलाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भई रहेको ।
पक्राउ पर्नेहरु-
१. जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर २ बस्ने बर्ष ४४ को श्याम बिष्ट
२. जि बझाङ तलकोट ५ घर भई जि कै ध उ म न पा २ बस्ने बर्ष ३० को अरुण सिंह ।
३. जिल्ला कैलाली ध उ म न पा ३ बस्ने बर्ष ३८ को रबिन भण्डारी
४. ऐ ऐ २ बस्ने बर्ष ४४ को काशिनाथ गुरागाई ।
५. ऐ ऐ बस्ने बर्ष ३७ को कृष्ण बहादुर भण्डारी
६. ऐ ऐ बस्ने बर्ष ४४ को रामचन्द्र भट्ट ।
७. ऐ ३ बस्ने बर्ष ३८ को तिलक अधिकारी ९ सो भन्दा पहिला २१ लाख जुवा बरामदमा समेत मुद्दा दर्ता भएको