धनगढी- देव विकास बैंकले धनगढीका विपन्न परिवारलाई राहत वितरण गरेको छ । बैंकले आज धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का स्थानीयका लागी भनेर वडा अध्यक्ष बिजयराज जोशीलाई राहत हस्तान्तरण गरेको हो ।
स्थानीयका लागि ८० हजार रुपैयाँ बराबरको चामल, दाल, नुन, तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको बैंकका प्रदेश प्रमुख पारस मणि पाण्डेले बताए ।
कोभिड १९ को संक्रमण न्यूनीकरणका लागी सरकारले जारी गरेको लकडाउनबाट प्रभावित बनेकाहरुको सहजताका लगि उक्त राहत वितरण गरिएको बैंकका धनगढी शाखाका प्रवन्धक मेख राज फुलाराले बताए ।