धनगढी, चैत २९- नेशनल प्याथ ल्यावले उच्च क्षमताको पिआरसी मेसिन सहयोग गरेको छ । वुटवलमा मुख्य कार्यालय रहेको तथा धनगढीमा समेत शाखा स्थापना गरि सेवा दिईरहेको नेशनल प्याव ल्यावले प्रदेश नम्बर ५ को सरकारलाई कोरोना जाँचका लागि सहयोग होस् भनेर उच्च क्षमताको पिआरसी मेसिन सहयोग गरेको हो ।
प्रदेश नम्बर ५ का सामावि विकास मन्त्री सुदर्शन वरालको रोहवरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई सो मेसिन हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको मेसिन डब्लुएचओ र एफडिए युएसएबाट प्रमाणित उच्च क्षमताको रियल टाईम पिसिआर मेसिन हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ख वर्गमा सुचिकृत नेशनल प्याथ ल्यावसँग कोरोना परिक्षणका लागि आवश्यक जनशक्ती र उपकरण भएपनि निजि क्षेत्रलाई कोरोना परिक्षणको अनुमति नदिईएकोले छोटो समयमा धेरैभन्दा धेरै परिक्षण होस् भने मेसिन हस्तान्तरण गरिएको ल्यावका प्रवन्ध निर्देशक पवन जोशीले जानकारी दिनुभयो ।

हस्तान्तरण गरिएको मेसिनबाट दिनमा दुई सय ५० वटा नमुना परिक्षण गर्न सकिनेछ । विदृेशबाट आएका र उनीहरुको सम्पर्कमा आएकाको जाँच अपरिहार्य रहेको र कोरोनाको महामारी नियन्त्रणका जाँच नगरि नहुने भएकोले मेसिन सहयोग गरेको ल्यावका अध्यक्ष रुद्र कार्कीले बताउनुभयो । अन्य आवश्यकता भएका उपकरण र जनशक्तीको पनि सहयोग गर्न तयार रहेको नेशनल प्याथ ल्यावले जनाएको छ ।