धनगढी, २८ चैत- भायानेट कम्युनिकेसन प्रा.लीले धनगढीमा लकडाउनको समयमा आफ्ना प्रयोगकर्ताहरुलाई सेवा दिईरहेको छ ।
लकडाउनका समयमा घरमै बसेकालाई ईन्टरनेटबाट समय बिताउदै गरको अबस्थामा कुनै खराबीका कारण असुबिधा नहोस् भन्ने उदेश्यले सेवाग्राहीलाई दिईरहेको छ ।
भायानेटले लकडाउनका समयमा नयाँ जडान नगरेपनि ग्राहका कुनै समस्या आएमा कार्यालय तथा जटिल समस्या भएमा घरमै गएर पनि सेवा दिईरहेको भायानेट कम्युनिकेसन प्रा.ली सुदूरपश्चिम शाखाका प्रमुख अशोक खातीले जानकारी दिए ।
प्रयोगकर्ताहरुलाई फाईबर चुडिदा तथा कुनै प्रबिधिक समस्याका कारण सेवाबाट बञ्चित हुन नदिन सेवा दिईरहेको प्रमुख खातीले बताए ।
देशभर कोरोना भाइरसका कारण सरकारले जनतालाई सुरक्षित रहन भन्दै लकडाउन घोषणा गरेपछि जनता घरमै बस्न बाध्य भएका छन् । यस्तो अबस्था ईन्टरनेट प्रयोगकर्ता धेरै हुनेभएकोले पनि भायानेट आफ्नो सेवा दूरुस्त राखी सेवाग्रहीलाई सेवा दिन लागि परेका सुदूरपश्चिम प्रमुख खातीले जानकारी दिए ।
भायानेट कम्युनिकेसन प्रा.लीले एक सुचना जारी गर्दै ईन्टरनेट प्रयोगकर्ता लक्डाउनको अवधीभर ईन्टरनेटको अप्तिकल फाईबर अनि (ओ.यन.यु.) राउटर मा कुनै किसिमको छेडखानी नगरिदिन समेत ग्राहकहरुमा अनुरोध गरेको छ ।
‘नेट नचलेको समयमा अथवा स्लो भएमा राउटर एक बन्द गरि पुन खोल्नुका साथै वाईफाईको पासबर्ड परिवर्तन गर्दा सामान होला’ भायानेट कम्युनिकेसन प्रा.ली सुदूरपश्चिम शाखाका प्रमुख अशोक खातीले भने–‘त्यो गर्दा भएभने हाम्रो निम्न नम्बरमा सेवाग्रहीले सम्पर्क गर्न सक्छन् ०१–५९७०४४४, ०१४२१७५५५, ०९८०१९०३८००, ९८०११९४९३९ ।’
जिल्ला प्रसासन बाट संचार सेवा अत्यावस्यक सेवा भयता पनि काम गर्न प्रशासनकाबट पास को कुनै पहल नभएको खातीको गुनासो छ ।
