• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

देश संकटमा परेको बेला कहाँ छन् डा. गोविन्द केसी ?

प्राध्यापक डा.गोविन्द केसी नेपाली चिकित्सा क्षेत्र सुधारका अभियन्ता हुन् । पटक-पटक चिकित्सा क्षेत्रको सुधार गर्न भनी उनी अनसन बसे ।

उनी एक अर्थोपेडिक सर्जन हुन् । २६ वर्षसम्म त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् विशेषज्ञका रूपमा काम गरेका उनले गत असोजमा अवकास पाएका थिए ।

बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रको दुरावस्था, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७ पटकसम्म अनसन बसेका थिए ।

सरकारले अनसन तोडाउन पटक-पटक उनीसँग सम्झौतासमेत गर्‍यो । तर, अझै उनका माग पूरा भएको छैनन् । अहिले संसार कोरोना भाइरस (कोभिड-१९)सँग लडिरहेको छ । नेपाल पनि कोरोनाबाट अछुतो रहन सकेको छैन ।
अहिले देशमा कोरोनाको रोकथामका लागि लकडाउन जारी छ । यो समयमा धेरैले चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर केसीलाई सम्झिरहेका छन् ।

चीनबाट ल्याइएका मेडिकल सामग्रीमा घोटाला, निजी अस्पतालले कोरोना संक्रमितको उपचार नगर्नु तथा उपचार गर्न अस्पताल अभावजस्ता समाचार अहिलेका हेडलाइन हुन् । यस्तो बेला डा। केसीको सम्झना नआउने कुरै भएन । किनकि नेपालको स्वास्थ्य क्षेत्रमा भएको अव्यवस्था, अवैध तथा अनियमितताको विरोधमा उनी धेरै बोलिसकेका छन् ।

डा। केसीले त्यतिबेला यी सबै कुराको माग गरेर सत्याग्रह बस्दा कतिपयले उनलाई ‘पागल’ को संज्ञासमेत दिएका थिए । १७औँ पटक सत्याग्रह बस्न गत कात्तिकमा डडेल्धुरा पुगेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अर्बौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरूलाई कारबाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेका थिए । तर, कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह बीचमै रोकियो ।

१८ कात्तिकदेखि सुरू भएको उनको सत्याग्रह २६ कात्तिकमा नवौँ दिनमा स्थगित भयो । राष्ट्रियताको विषयमा देशभर जनस्तरबाट आवाज उठेको भन्दै डा .केसी सत्याग्रह स्थगित गरेर काठमाडौं फिर्ता भएका थिए ।

सरकारसँग विभिन्न माग राखेर पटकपटक अनसन बस्दै आएका उनी अहिले कहाँ छन् रु विश्व नै कोभिड– १९ को महामारीबाट आक्रान्त भएको बेला नेपालमा पनि यसको त्रास छ । देशलाई अहिले थुप्रै चिकित्सकको आवश्यकता परेका बेला डा। केसी के गर्दै छन् रु आमनेपाली प्रश्न गरिरहेका छन् । अहिले सामाजिक सञ्जालमा समेत डा. केसी कता गएु भनेर धेरैले प्रश्न तेर्स्याएका छन् ।

कहाँ छन् डा.केसी ?


हिजोआज डा केसीको दिनचर्या बेग्लै छ । कीर्तिपुरको एउटा घरमा डा .केसीको कोठा छ । बिहान ६ बजे उठ्ने उनी ८ बजेअघि नै १ गिलास तातो दूध पिएर कोठाबाट निस्कन्छन् र लाग्छन् उनको सधैँको गन्तव्यतिर । करिब १० मिनेट हिँडेपछि उनी आफ्नो गन्तव्यमा पुग्छन्, डडेल्धुरा अस्पताल ।
किर्तिपुर बजार डडेल्धुराको अमरगढी नगरपालिका–५ मा पर्छ । उनी डडेल्धुरा अस्पतालमै कार्यरत एक कार्यालय सहयोगीको घरमा बस्छन् । घरमा बसेबापत उनी दिनको ४ सय भाडा तिर्ने गर्छन् ।

के गर्दै छन् डडेल्धुरामा ?

अस्पतालमा पुगेपछि उनी सिधै बिरामी जाँच्न पुग्छन् । चाहे त्यो इमर्जेन्सी होस् वा वार्ड । बिरामीको खबर बुझेपछि उनी नयाँ बिरामीको उपचार गर्न र ती बिरामीलाई परामर्श दिनमै व्यस्त हुन्छन् ।

डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार अस्पतालमा दैनिक ७० जनाभन्दा बढी हाडजोर्नीका बिरामी आउँछन् । ‘पहिले दिनको ७० भन्दा बढी हाडजोर्नीका बिरामी आउँथे तर लकडाउन भएकाले अहिले १२र१४ जना मात्रै आउँछन्, उनले भने ‘हामीसँग अर्थोपेडिकका १ अर्का डाक्टर हुनुहुन्छ, उहाँ र डा. केसी दिनभर ती बिरामीलाई हेर्नुहुन्छ ।’
डा। केसी ब्रेक पनि लिँदैनन् । उनी दिनभर बिरामीको उपचारमै व्यस्त हुन्छन् । दिनमा १ छाक मात्र खाना खान्छन् ।

सोही अस्पतालमा कार्यरत कर्मचारीहरूका अनुसार डा. केसी दिउँसो नेपालमा बनेको बिस्कुट, तातोपानी, कहिले कोकाकोला खाने गर्छन् । कामबाट फुर्सद नपाउने दिन त्यो पनि खाँदैनन्, भोकै बस्छन् । डा .केसीले शल्यक्रिया कक्षमा चाहिने सानातिना सामानसमेत आफ्नै रकमले किन्ने गरेका छन् ।

सरकारी अस्पताल, त्यसमा पनि प्रायः विपन्न परिवारका बिरामी आउँछन् ।

डा. केसीले गरिब बिरामीका लागि भनेर प्रतिजोडा ३५ सय पर्ने १५ जोडा वैशाखी किनेर अस्पतालमा राखेका छन् । दिउँसो अस्पतालको कामबाहेक केही नबोल्ने उनी बेलाबेला आफ्ना सबै बिरामीको अवस्थाबारे जानकारी लिन्छन् ।
सुरुसुरुमा बिरामीले चिन्दैनन्
अस्पतालका कर्मचारीसँग नमस्तेबाहेक नबोल्ने उनलाई सुरूमा बिरामीले चिन्दैनन् । सोही अस्पतालका कर्मचारी प्रकाशचन्द्र बुढाऐर भन्छन्, ‘बिरामीले सुरूमा चिन्दैनन्, चिनेपछि उहाँलाई छोड्दैनन् ।’

दिनभर बिरामीलाई हेरेपछि साँझ ७ बजेतिर उनी कोठातर्फ लाग्छन् । घरबेटीले बनाएको खाना खाएर सुतेपछि उनको त्यो दिनको दिनचर्या समाप्त हुन्छ ।

२ महिना निस्शुल्क स्वास्थ्य सेवा प्रदान गर्न भनेर डा। गोविन्द केसी गत २० फागुनमा डडेल्धुरा आइपुगेका हुन् । डडेल्धुरा अस्पतालमा डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला र डोटीका हाडजोर्नीसम्बन्धी समस्या भएका धेरैले विशेषज्ञ चिकित्सा सेवा पाएका छन् । लकडाउनअघिसम्म उनीसँग उपचार गराउन धेरैको भीड लाग्ने गरेको थियो । तर, हिजोआज लकडाउनका कारण बिरामीको चाप केही कम भएको अस्पतालले जनाएको छ ।

भेट्न गएका शुभचिन्तक र स्थानीयसँग खासै बोल्न नमान्ने डा। केसीकहाँ सञ्चारकर्मी पनि पटक(पटक पुग्ने गर्छन् । तर, उनी कसैसँग बोल्न मान्दैनन् । हामीसँग पनि उनले बोल्न मानेनन् । उनलाई केही बोल्न आग्रह गर्दा आफ्ना सहयोगीमार्फत उनी एउटै सन्देश पठाउँछन्, ‘अहिले बोल्ने समय आएको छैन ।’

शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.