एजेन्सी । कोरोना भाइरसको महामारीसँग जुधिरहेको अमेरिकालाई रुसले सहयोग गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाइ टेलिफोन गरेपछि रुसले सहयोगको अफर गरेको हो । आफ्नो देश कोरोनाको महामारीमा परेको ट्रम्पले बताएपछि पुटिनले ६० टन मेडिकल सामग्री पठाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।
रुसले पठाएको कार्गो विमानमा भेन्टिलेटर, मास्क, पीपिईलगायत सामग्री रहेको जनाइएको छ। त्यसो त रुस पनि कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको छ । आफै संकटको अबस्थामा रहेको बेलामा अमेरिकालाई मेडिकल सामग्री पठाएको भन्दै चर्को आलोचना भइरहेको छ । रुसले पठाएको मेडिकल सामग्री बोकेको विमान अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय रंगशालामा अवतरण भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।
यो सहयोगलाई लिएर दुई देशका अधिकारीले आफ्ना देशका कार्यकारी प्रमुखको आलोचना गरेको जनाइएको छ। अमेरिकी अधिकारीले पुटिनको सहयोग पछाडिको कारणलाई लिएर आलोचना गरेका छन् भने रुसी अधिकारीले देशभित्र कोरोनाको संकट आईरहँदा पुटिनले अन्तर्राष्ट्रिय सहयोगमा चासो देखाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी सहयोगप्रति आभार प्रकट गरेका छन्। उनले भनेका छन्- रुसले धेरै धेरै ठुलठुला सामग्री, मेडिकल उपकरण लगायतले भरिएको प्लेन पठाएको छ जुन निकै राम्रो हो।