धनगढी, २१ चैत – गोदाबरी नगरपालिका वडा नम्बर ११ र १२ मा दैनिक ज्यालादारीबाट काम गरी खाने बिपन्न बर्गलाई राहत बितरण गरिएको छ । धनगढी उपमहानरपालिका वडा नम्बर ५ निवासी योगेश भण्डारीले बिभिन्न क्षेत्रबाट खाद्यान्न सामग्री संकलन गरी बितरण गरेका हुन् ।
‘कोरोना संक्रमणलको लकडाउनले श्रमजीवी मजदुर वर्गलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत सामग्री बितरण गरेरका हौ’ भण्डारीले भने –‘आफु लगाएतका साथीहरुबाट संकलन गरी मानविय नाता निर्वाह गरेको हु ।’ उनले ४० हजार बराबरको चामल, दाल, तेल राहत लगाएतका खाद्य सामग्री बितरण गरेका हुन् ।
ओलानीका ३० गरीव, जेहन्दार घर परीवार तथा गोदावरी मन्दिरलाई सो सामग्री प्रदान गरिएको थियो । यो सहयोग अभियान जारी राख्ने जानकारी भण्डारीले दिए । राहत बितरण गर्ने अभियानमा भण्डारीको नेतृत्वको टोलीमा नेविसंघ कैलाली क्षेत्र नम्बर ५का सचिव देवेन जोशी, नेविसंघका युवा नेता बिनय चोखाल, प्रज्वल देउवा र बिकास चन्द लगाएतको टोली रहेको थियो ।

