धनगढीमा रहेका अस्पताल सञ्चालकहरुले कोभिड१९ ९कोरोना भाईरस०को उपचारका लागि राज्यलाई अस्पताल हस्तान्तरण गर्न आफुहरु तयार रहेको बताएका छन् ।
बिश्वब्यापी रुपमा कोरोनाको संक्रमण फैलिरहेका बेला सुदूरपश्चिम पनि जोखिममा रहेको बताउँदै निजी अस्पताल सञ्चालकहरुले आवश्यक परे सरकारलाई अस्पताल हस्तान्तरण गर्न तयार रहेको बताएका हुन्।
निजी अस्पताललाई प्रदेश सरकारले विशेष उपचार केन्द्र बनाउन चाहेमा पनि आफुहरु तयार रहेको उनीहरुले बताएका छन्।
प्राईभेट अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष समेत रहेका कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले प्रदेश सरकारलाई आवश्यक परे संकटको बेलासम्म निजी अस्पताल हस्तान्तरण गर्न तयार रहेको बताए ।
उनले सुरुवातदेखि नै त्यसबारेमा प्रदेशको सामाजिक विकास मन्त्रालयसंग समन्वय पनि गरिरहेको बताए ।
अध्यक्ष जोशीले महामारीको अवधिभर राज्यलाई साधन श्रोत हस्तान्तरण गर्न आफुहरु तयार रहेको बताउदै अधिकासं निजी अस्पतालमा आकस्मिक लगायतका विभिन्न सेवाहरु सञ्चालनमा नै रहेको बताए।
त्यस्तै कैलालीका निजी अस्पतालले कोभिड– १९ को महामारी रहुन्जेल उपचार सेवामा २० प्रतिशत छुट दिने भएका छन्।
बुधबार एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युसन नेपाल ९अफिन०ले एक विज्ञप्ति जारी गर्दै बुुधबारदेखि नै निजी अस्पतालले उक्त छुट दिने निर्णय गरिएको जनाएको छ।