• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोना त्रासः किसानलाई गहुँ भित्र्याउने चिन्ता

टीकापुर – संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। उसले दोस्रो पटक लकडाउनको समयावधि थपेको छ। विगत करिव एकसातादेखि कोही व्यक्ति पनि घरबाट बाहिर निस्किन पाएका छैनन्।

किसान समेत लकडाउनका कारण घरभित्रै बस्न बाध्य छन्। उनीहरु लकडाउनको सबैभन्दा धेरै मारमा परेका छन्। यो उनीहरुका लागि निकै महत्वपूर्ण समय हो। यतिबेला किसानका खेतबारीमा गहुँ पाकिसकेको छ। यदि मुलुक लकडाउनमा नगएको भए अधिकांश किसान खेतबारीमा भेटिन्थे।

खेतबारीमा गहुँ पाकेर भित्र्याउन तयारी अवस्थामा छ। तर किसान पाकेको गहुँ काट्न पाइरहेका छैनन्। यतिबेला समयमा गहुँ भित्र्याउन नसके समस्या हुने किसानको बुझाई छ।

कैलालीको दक्षिण पूर्वी क्षेत्र गहुँ खेतीका लागि निकै महत्वपूर्ण मानिन्छ। यहाँका अधिकांश किसान गहुँ खेती गर्दै आएका छन्। किसानको आधा भन्दा बढी गहुँ खेतीले भित्र्याउनु पर्ने समय गुजारिसकेको छ। अन्य गहुँ खेती समेत काट्ने अवस्थामा पुगेको छ।

टीकापुर नगरपालिका ८ का किसान धनसिँह साउँदले ३० विगाहमा गहुँ खेती गरेका छन। उनले गहुँ काट्न नपाएकोमा निकै समस्या भैरहेको बताए। उनका अनुसार समयमा गहुँ भित्र्याउन नसके खेतमै झर्ने सम्भावना छ।

उनी विगत केही वर्षदेखी मेसिनको प्रयोग गरेर खेतीपाती गर्दै आएका छन। यसवर्ष समेत उनले गहुँ खेती काट्नका लागि कम्पाइन मेसिन तयारी अवस्थामा राखेका छन। तर उनले कम्पाइन मेसिन चलाउनका लागि डिजल नपाएका कारण समस्या भैरहेको बताए।

‘कसैले पनि डिजल दिँदैन। सरकारले नै नदिन भनेको जवाफ दिन्छन’ उनले भने –‘डिजल नपाउँदा निकै समस्या भैरहेको छ।’ उनले ३० विगाह क्षेत्रफलमा लगाएको गहुँ मेसिन बाहेकले काट्न सम्भव नरहेको बताए।
पछिल्लो समय धेरैजसो किसानले मेसिनबाटै गहुँ काट्ने गरेको पाइन्छ। उनले आफ्नो मात्रै नभई अन्य किसानको समेत गहुँ खेती कम्पाइन मेसिनबाट काट्ने गरेका छन।

लकडाउनका कारण घरबाहिर निस्किन नपाएका किसानहरुले मेसिनबाटै गहुँ काट्न सहज हुने बताउने गरेका छन। मेसिनले गहुँ काट्दा धेरै मानिसको भिडभाड समेत नहुने भएकाले यो भरपर्दो विकल्प हुने किसानको बुझाई छ। धेरै किसानले साउँदलाई जसरी भएपनि गहुँ काटि दिन आग्रह गर्ने गरेका छन्।

किसानलाई हातले गहुँ काट्न समस्या छ। एकातिर उनीहरु लकडाउनका कारण घरबाहिर निस्किन पाएका छैनन् भने अर्कोतिर गहुँ पाकिसकेकाले समय अभाव छ।

‘यो बेलामा हातले काटेर सम्भव छैन ’ भजनी नगरपालिका ठेँकीका विक्रम चौधरीले भने –‘गहुँ काटेर नसक्दै पाकेर झरिसक्छ।’

किसानलाई मौषमको पनि डर छ। उनीहरु पाकेको गहुँ बाली वर्षाका कारण गुमाउनु पर्ने होकि भनेर समेत डराएका छन्। यो बेलामा पाकेको गहुँ भित्र्याउन नसके भविष्यमा भोकमरी पर्ने त्रास किसानमा रहेको छ। उनीहरु किसानको हितलाई ध्यानमा राखेर सरकारले कुनै न कुनै विकल्प दिने विश्वासमा छन।

-नागरीक दैनिक बाट

मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.