धनगढी, १४ चैत – कोरोना भाइरस (कोभिड–१९) को चौथो संक्रमित भेटिएका छन्। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल उनको अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। उनी दुबईबाट नेपाल आएको भनिए पनि विस्तृत विवरण भने प्राप्त गर्दै गरेको दोस्रो पटक मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइयो। दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।