धनगढी, १४ चैत- कोरोना भाईरसको महाबिपत्तीमा सहयोग गर्दा अनिवार्य रुपमा स्थानीय सरकार वा जिल्ला प्रशासन कार्यालयले अपनाएको एकद्धार प्रणालीबाट नै लागु गर्न धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
कोभिड–१९ (कोरोना भाईरस) को संक्रमणबाट जोगिन नेपाल सरकारले पुरै देश लकडाउन गरेको अबस्थामा शुक्रबार एक अपिल प्रकाशित गर्दै यस्तो जटिल अवस्थामा सहयोगि हातहरुलाई उच्च सम्मान गर्ने पनि जानकारी दिएको छ ।
यस्तो असहज अवस्थाको फाईदा उठाउदै बजारमा दैनिक उपभोग्य सामाग्री, औषधी, ग्याँस र पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुन अनुसार कडा कार्वाही गरिने समेत अपिल मार्फत चेतानी दिएको छ । धनगढीमा फाटफुट सवारी चलिरहेकाले यस्तो नगर्न र पूर्ण रुपमा सरकारी निर्णयको पालना गर्न सम्पूर्ण नगरवासीमा धनगढी उपमहानगरपालिकाले अनुरोध समेत गरेको छ ।
अपिल प्रकाशित गर्दै उप–महानगरपालिकाले पूर्व तयारी अन्तरगत १०१ बेड क्वारेन्टाईन तयार गरिसकेको छ । आवश्यकता अनुसार १ हजार बेड राख्ने तयारी भएको छ । त्यसैगरी उप–महानगरका १९ वटै वडाका मुख्य सडक र गल्लीहरुमा किटनाशक औषधी छर्किने काम गरिहेको समेत जानकारी गराएको छ ।
यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरालाई बुझेर उप–महानगरको श्रोत साधनले भ्याए सम्म सतर्कताको पूर्वतयारीमा जुटेको समेत बताएको छ ।
अझैपनि उप–महानगरपालिका आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन राजनितिकदल नगरबासी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, नेपाल रेडक्रस सोसाईटी धनगढी,ब्यापारी लगायतका सामाजीक संघसंस्थाहरु संग समेत धनगढी उपमहानगरपालिकाले धन्यवाद समेत दिएको छ ।

