• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कोरोनाभाइरसः कतारमा कार्यरत नेपाली श्रमिक सोध्छन्, खोइ त हाम्रो सरकार!

चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत खाडी राष्ट्र कतारमा शुक्रवारसम्म ५४९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ। २८ लाखभन्दा केही बढी जनसङ्ख्या रहेको कतारमा त्यसको लगभग १५ प्रतिशत मात्रै कतारीहरूले ओगट्ने र बाँकी अन्य देशबाट आएका श्रमिक रहेको बताइन्छ।

कतारको जनस्वास्थ्य मन्त्रालयले १३ हजार छ सयभन्दा बढीमा परीक्षण गरिएको भने पनि कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको राष्ट्रियता खुल्ने विवरण सार्वजनिक गरेको छैन। त्यहाँ पछिल्लो आठ वर्षदेखि कार्यरत एक नेपाली श्रमिकले बीबीसीलाई सम्पर्क गरी सत्यतथ्य सूचना नपाएको र छटपटी भइरहेको अनुभव सुनाएका छन्।

हाम्रो अभिभावक खोइ! 
सुरक्षाका कारण नाम गोप्य राख्न अनुरोध गर्दै ती श्रमिकले भने, सुरक्षित हुनलाई सरकारले भनेका नियमहरू पालना गरिरहेको छु। तर अरू देशमा जस्तो यति जना नेपाली श्रमिकमा सङक्रमण देखिए वा यति जना उपचारपछि निको भए भनेर यहाँ केही पनि भनिएको छैन। राजदूतावासलाई सम्पर्क गर्दा पनि केही जानकारी पाउन सकिँदैन। भोलि मलाई नै सङ्क्रमण देखियो भने पनि आफ्नै राजदूतावासलाई र परिवारलाई खबर गर्न नसकिने अवस्था छ। कतारमा कति नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, कति जना क्वारन्टीनमा राखिएका छन् भन्ने हाम्रो राज्य र अभिभावकलाई नै थाहा हुँदैन भने हामीले कसको भरोसा गर्नेरु।सुरक्षागार्डको काम गरिरहेका उनले आफू दुई सय जनाभन्दा बढी दक्षिण एशिया र अफ्रिकाका विभिन्न कामदारहरूसँग एउटै आवासमा बसिरहेको जानकारी दिए।

कतार उड्न नपाएपछि नेपाली श्रमिक भन्छन्, ऋणमा डुबिने भइयो
कोरोनाभाइरस प्रभाव :  वैदेशिक रोजगारी अनुमति केही समय बन्द
एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने गाडिमा दैनिक ४५ मिनेटको यात्रा गरी आफू काम गर्ने ठाउँमा पुग्ने उनले बताए।

उनी भन्छन् पहिला पनि दिनको २५ जना हाम्रा गाडीमा हुन्थ्यौँ। अहिले पनि हामी २५ जना नै हुन्छौँ। तर कुनै मास्क वा पञ्जाजस्ता सामग्री दिँदैन। काम गर्ने ठाउँमा साबुन पानी छ तर कोठा फर्किएपछि सबैथोक आफैँले व्यवस्था गर्नुपर्छ। उनले थपे,  यस्तो लापरवाही भयो, हामी काममा जान सक्दैनौँ भन्यौँ भने सुतेर बस् हामी खाना दिँदैनौँ भन्ने गर्छ। सुरक्षागार्डको काम नै खोसियो भने ज्याला पनि नआउने अवस्था हुन्छ। त्यही भएर कोही बोल्न सकिरहेका छैनन्।

कतार नेपाली श्रमिकको मुख्य गन्तव्य हो विस‍ं २०५९ सालमा नेपाली सेनामा भर्ना भएका ती व्यक्ति द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले अपहरण गरेपछि एक वर्ष नपुग्दै जागिर छाडेर वैदेशिक रोजगारीमा गएका थिए। उनले त्यसयता कतारबाहेक साउदी अरेबीया र इराकमा सुरक्षागार्डका रूपमा काम गरेका छन्।

उनले कतिपय कार्यस्थलमा सुरक्षा गार्डहरूको ‍सङ्ख्या घटाइएकाले कतिपय नेपाली कामदारहरू काम नगरि बसिरहेको बताए।मेरै कोठामा दुईजना साथी सुतेर बसिररहेका छन् किनभने उनीहरूले काम गर्ने ठाउँबाट कामदार घटायो। नेपालको फ्लाइट खुल्ने थाहा नभएर उनीहरू सुतेर बसिरहेका छन्।ू

लकडाउन भएकाले बाहिरको अवस्था थाहा छैन

कोरोनाभाइरसको सङ्कटसँग जुझ्न कतारले आफ्नो औद्योगिक क्षेत्रको स्ट्रिट एकदेखि ३२ सम्म दुई साताका लागि ुलकडाउनुगर्ने निर्णय मार्च १७ बाट लागु गरेको थियो।

औद्योगिक क्षेत्रमा रहेका थप स्वास्थयकर्मी परिचालित गरिएको भन्दै त्यहाँको विपद् व्यवस्थापनसँग सम्बन्धित सर्वोच्च समितिकी प्रवक्ताले क्वारन्टीनमा रहेका व्यक्तिहरूको सुस्वास्थ्यका लागि कुनै कसर बाँकी नराखिने बताएकी थिइन्।

लकडाउनु गरिएको औद्योगिक क्षेत्रमा हाल बसिरहेका एकजना नेपाली श्रमिकले आफूहरू बसेको क्षेत्र पूर्ण रूपमा बन्द भएको र एक प्रतिशतको हाराहारीमा श्रमिकहरूले भित्रै बसेर काम गरिरहेको बीबीसीलाई बताए।

उनी भन्छन् ूहामी हिँडडुल गरिरहेका छैनौँ, मुख्य सडकतिर मङ्गलवार स्प्रे गरिएको थियो। नजिकैको सुपरमार्केटमा तरकारी र खानेकुराको मूल्य आकासिएको छ। घरमा बस्दा वा सामानहरू किन्न जाँदा सामाजिक दूरी कायम गर्न गाह्रो छ।

उनले एउटै कोठामा चारजना सुतिरहेको र आफू बसेको स्थाननजिकै कोही पनि नेपाली प्रभावित भएको थाहा नपाएको उल्लेख गरे। यो क्षेत्रमा ठूलो सङ्ख्यामा नेपालीहरू बस्छन्। मेरो अनुमानमा ४० देखि ५० हजारभन्दा बढी हुन सक्छन्। आफू बसेको भन्दा बाहिरको ठाउँको अवस्था केही पनि थाहा छैन।

नेपाली राजदूतावास यसो भन्छ


दोहास्थित नेपाली राजदूतावासका उपप्रमुख लक्ष्मण खनालले सन् २०२२ को विश्वकप फुटबल खेलको आयोजनासहित रणनीतिक आयोजनाहरूमा मिलेसम्म काम गर्ने कतारको सरकारले बताएको र कतिपय साना कम्पनीहरूले भने काम रोकेका आफूहरूले थाहा पाएको जानकारी दिए।

उनी भन्छन् ूलकडाउन जस्तो स्थितिका कारण कतिपय साना कम्पनीले काम बन्द गरेका र त्यहाँ कार्यरत नेपालीहरू रोकिएर बस्नुभएको छ भन्ने हामीलाई जानकारी छ। तर यहाँको सरकारले लकडाउनको कारणले जान पाएन वा काम रोकियो भने पनि खाने बस्ने व्यवस्था मिलाइन्छ र ज्याला पनि उपलब्ध गराइन्छ भनेको छ।ू

कतारले भनेका ५४९ जना कोरोनाभाइरस सङ्क्रमितहरूमध्ये नेपालीहरू रहे या नरहेकोबारे प्रस्ट नभएको नेपाली अधिकारीहरु बताउँछन्।

दोहास्थित नेपाली राजदूतावासका उपप्रमुख खनाल भन्छन्, ूपहिल्यैबाट यहाँको सरकारले धेरै ठूलो हिस्सा सबै विदेशी भएकाले कोरोनाभाइरसको प्रकृतिका कारण व्यक्ति र उनीहरूका देशको नाम उल्लेख गर्दा अफवाह फैलन र आफूलाई पनि अप्ठेरो पर्न सक्ने भएकाले हामी सूचना गोप्य राख्छौँ भनेको थियो।ू

कोरोनाभाइरसको डरले कतारमा नेपालीलाई आवागमनमा अस्थायी प्रतिबन्ध
कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति

जटिल अवस्था नपरेसम्म हामी समुदाय वा राष्ट्रियताजस्ता विवरण दिँदैनौँ भनिएको छ। र क्वारन्टीनमा बस्दा वा उपचार गर्नुपर्ने अवस्थामा पनि आफ्नो व्यक्तिगत टेलिफोन उहाँहरूसँगै हुनाले उहाँहरूले सम्पर्क गर्न सक्ने भनिएको छ। केही पर्‍यो भने सम्पर्क गर्नुहोला भनेर हामीले सूचना जारी गरेका छौँ। तर हामीले अहिलेसम्म कतैबाट पनि नेपालीहरू सङ्क्रमित भएको जानकारी आएको छैन।

यसै साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकाका नेपाली नियोगहरूका प्रमुखहरूसँग कोभिड(१९ को चूनौतीबारे भिडिओ कन्फ्रेन्स गर्दै आवश्यक परे उद्दार गर्नुपर्ने अवस्थासम्मका लागि तयारी गर्न निर्देशन दिएका थिए।

हालैका वर्षमा अधिकारवादी सङ्घ संस्थाहरूले विश्वकप फुटबलसम्बन्धी रङ्गशालासहितका पूर्वाधार निर्माणमा खटिने कतारमा कार्यरत नेपालीसहितका श्रमिकहरूको अवस्था दयनीय रहेको र उनीहरूले गम्भीर मानवअधिकार उल्लङ्घन खेपिरहेका विवरणहरू सार्वजनिक गर्ने गरेका छन्।

तर आफूहरूले कानूनी रूपमा नै कामदारका अधिकार र ज्याला सुनिश्चित हुने व्यवस्था गरेको भन्दै कतारी अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

–बीबीसीको सहयोगमा

शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.