सरकारले कोरोना विशेष अस्पताल बनाउन केएमसी, गणेशमान सिंह र जनमैत्री अस्पताललाई लिने गरी छलफल अगाडि बढाएको छ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि गठिन उच्चस्तरीय समितिका सदस्य समेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले अस्पतालको पूर्वाधार र जनशक्तिलाई हेरेर सरकारले यी तीनटा अस्पताललाई लिन सक्ने जानकारी दिए।
यी अस्पताललाई लिएर सरकारले क्वारेन्टाइनकै लागि प्रयोग गरे पनि राम्रै हुन्छ, मन्त्री भट्टराईले भने।
तीनटामध्ये गणेशमान सिंह अस्पताल ललितपुर र बाँकी दुइटा अस्पताल काठमाडौंका हुन्। बालाजुस्थित रहेको जनमैत्री अस्पतालमा टिचिङ अस्पतालबाट चिकित्सक धाउन सक्ने अवस्था कस्तो छरु भन्ने पहिले विचार गरिने उनले बताए। ुटिचिङबाट चिकित्सकहरू जनमैत्री धाउन सक्ने अवस्था भयो भने सजिलो हुन्छ, उनले भने।
मन्त्री भट्टराईले केएमसी अस्पताललाई लिएर सरकारले चलाउन सक्ने जानकारी दिए।
उनले भने, केएमसीले पनि पिपिई व्यवस्था गरे हामी उपचार गर्न सक्छौं भनेको छ। उच्चस्तरीय समितिले क्वारेन्टाइनको व्यवस्था र खोजी गर्ने जिम्मा पर्यटनमन्त्री योगेश भट्टराईलाई दिएको छ। तर समितिले यी अस्पताललाई लिने भने निर्णय गरिसकेको छैन। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पनि विभिन्न निजी अस्पतालहरू सरकारलाई दिने प्रस्ताव लिएर आएको जानकारी दिए।
धेरै निजी अस्पतालहरू आइरहनुभएको छ। मन्त्रालयले यसबारे छलफल समेत अगाडि बढाएको छ, उनले भने।
सरकारले टेकु अस्पताल र पाटन अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको छ। टेकुमा कोरोना संक्रमित पुष्टि भएका बिरामीहरूलाई पाटन लगेर उपचार गरिने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।
कोरोना परीक्षण गर्नको लागि टेकु अस्पताललाई मध्यम अस्पताल बनाउने र त्यहाँ संक्रमण पुष्टि भएका बिरामीहरूलाई पाटन अस्पतालमा सार्छौं, उनले भने