• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

खाद्यवस्तु घरघर पुर्‍याउन गृहको निर्देशन, खाद्यवस्तु ओसार्न आवश्यक पर्ने सवारी पास प्रशासनबाट लिनू

काठमाडौँ,१३ चैत्र- सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगीरव्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो ।

गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगीरव्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केटरग्रोसरी, खाद्य स्टोर तथा महानगरपालिकाका पदाधिकारीसग छलफल गरेको हो। गृहसचिव महेश्वर न्यौपानेले लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरेका थिए।

सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको तर लकडाउन पालनामा अझै अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको हो। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर अत्यावश्यक खाद्यवस्तुको आपूर्ति, बिक्रीवितरण तथा व्यवस्थापन सहज बनाउन होमडेलिभरीको व्यवस्था गर्न लागिएको बताए।
‘लकडाउन अवधिभर सर्वसाधारणलाई घरघरमा दैनिक उपभोग्य वस्तु डेलिभरी गर्न निर्देशन दिएका छौं, हाम्रो व्यवसायीहरुले सकारात्मक रुपमा लिँदै कार्यान्वयन गर्ने बताउनु भएको छ,’ शर्माले भने।

व्यवसायीलाई होम डेलिभरीका लागि टोल फ्रि नम्बर, कार्यालयको नम्बर वा नजिकै रहेका वडा कार्यालयको नम्बरमार्फत उपभोक्तासँग सम्पर्क व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको शर्माले भने। उपभोग्य वस्तुको होमडेलिभरीमा महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयहरुबाट सहजीकरण गर्न पनि निर्देशन दिइएको शर्माले बताए। ‘खाद्य पसलहरुलाई उपभोक्तासम्म कसरी पुर्‍याउने भन्ने सहजीकरण गर्न स्थानीय तहअन्तर्गतका वडा कार्यालय र खाद्य पसलहरुकै सम्पर्क नम्बरको व्यवस्था गर्न भनेका छौं,’ प्रवक्ता शर्माले भने, ‘व्यवसायीहरुले पनि छिट्टै होमडेलिभरीका लागि काम थाल्ने प्रतिबद्धता जनाइसकेका छन्।’

लकडाउनभर सञ्चालन हुने खाद्य पसल तथा अन्य दैनिक उपभोग्य वस्तुका सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनबाट सहजै पास उपलब्ध हुने शर्माले बताए। ‘यसका लागि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक मात्रामा पास लिएर खाद्यवस्तुको होमडेलिभरी गर्नुस्, व्यवसाय सञ्चालनमा समस्या आए तत्काल खबर गर्नुस् भनेका छौं।’

गृहसचिव महेश्वर न्यौपानेज्को अध्यक्षतामा बसेको बैठकले सबै खाद्यवस्तुको डेलिभरी भ्यानबाट घरघरमा पुर्‍याउने, सहज आपूर्तिको व्यवस्था मिलाउने। प्रशासनले आवश्यक मात्रामा सवारी पास दिने तथा पसल सञ्‍चालन, माग संकलन र वितरणमा महानगरीय प्रहरी कार्यालयबाट आवश्यक सुरक्षा व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। यसका लागि सुरक्षाकर्मी, खाद्यबिक्रेता तथा स्थानीय तहले माइकिङलगायतबाट पनि सर्वसाधारणलाई जानकारी गराउन भनिएको छ।

गृहले जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधान तथा कालोबजारी, कृत्रिम अभाव गर्नेको सूचना दिन पनि ११४९ नम्बर वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। लकडाउनका बेला मानिस आवतजावत निषेध गरिए पनि सरकारले दूध, दालरचामल, पानी, तरकारी, ग्यासलगायत दैनिक उपभोग्य वस्तु बिक्रीलाई खुकुलो बनाएको छ।

सरकारसँगको छलफलमा व्यवसायीहरुले लकडाउन अगावै सर्वसाधाराले करिब महिना दिनसम्मलाई खाद्यवस्तु जोहो गरेकोले आत्तिइहाल्नु पर्ने अवस्था नहरेको बताएका थिए। हरिया सागसब्जी, दूध, पानीबाहेकका खाद्यवस्तु उपभेक्ताले लकडाउनभन्दा अघि नै पर्याप्त मात्रामा जोहो गरिसकेको धारणा सरकारलाई सुनाएको प्रवक्ता शर्माले बताए।

सरकारले लकडाउनका बेला दैनिक उपभोग्य वस्तु भण्डारण तथा आपूर्तिमा समस्या आउन नदिन सुरक्षा निकायलाई हाइअलर्टमा राखेको छ। भारतमा लकडाउन हुँदा पनि सामान नेपाल आइरहेको र यसका लागि स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा पर्ने सीमा नाका तथा आफ्ना काउन्टर पार्टस सहजीकरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ।

भारतबाट सामान ढुवानीमा समस्या परे सेनालाई त्यसका लागि खटाउने गरी आपूर्ति व्यवस्था मिलाइएको उद्योगरवाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले बताएका छन्।

शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.